खानेपानीको दिगो व्यवस्थापन नहुुँदा सोयाकका बासिन्दा समस्यामा

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । खानेपानीको दिगो व्यवस्थापन नहुँदा इलाम नगरपालिका-११ सोयाकका बासिन्दा समस्यामा छन् । पिउने पानीकै अभावमा बसाई सर्ने क्रम रहेको यो गाउँमा पछिल्लो समय लिफ्टिङ गरेर पानीको व्यवस्था गरे पनि भरपर्दो भएको छैन । देउमाई नगरपालिकाको मंगलवारेवाट तराई झर्ने सडक खुलेपछि व्यवस्थित वसोवाससमेत सुरु भएको यो गाउँमा पिउने पानीकै अभावका कारण भने स्थानीयलाई सास्ती छ ।

इलाम नगरपालिक र नेपाल सरकारको बिषेश अनुदान मार्फत पाँचवर्ष अघि करिब दुई करोड ४७ लाखको लागतमा डिपवोरिङ गरेर पानी निकालिएको थियो । तर त्यो प्रविधि असफल भएपछि लिफ्टिङमार्फत पानी वितरण गरिए पनि पटक/पटक मोटर विग्रने गरेकाले पानी वोकेरै खानु पर्ने वाध्यता रहेको स्थानिय गंगादेवी मगरको भनाई छ ।

खानेपानीको अभावमा दर्जन धेरै परिवार बसाई सरेको यो गाउँमा घर/घरमा धारा जोडिए पछि दंग देखिएका स्थानीयको खुशी धेरै टिक्न सकेन । योजना सुरु भएको केहि समयमा नै डिप वोरिङले काम गर्न छाडेको थियो । त्यसपछि नगरपालिकाले पाइपलाईन, टेंकीलगायतका पहिलै कै संरचना प्रयोग गरेर लिफ्टिङ मार्फत पानी वितरणको व्यवस्था मिलायो । तर पनि मोटरमा आउने समस्याले हैरानी भएका उपभोक्ता आफै रकम संकलन गरेर वैकल्पिक मूहान खरिदमा लागेको अर्का स्थानिय कुवेर कुमार पराजुली बताउनुहुन्छ ।

पानीकै अभावमा यस गाउँवाट एक दर्जन धेरै परिवार झापा तथा अन्य क्षेत्रमा बसाई समेत सरेर गएका छन् । यहि गाउँ भएर देउमाई नगरपालिकाको मंगलवारे हुँदै मेची राजमार्गको राँकेसम्म तराई जोड्ने सडक निर्माण भएको छ । पाँचथर ताप्लेजुङवाट पनि तराई झर्न यो सडक छोटो हुने भएकाले समतल यो क्षेत्रमा पक्की संरचना निर्माण भइरहेका छन् । पिउन मात्र हैन उब्जाउयोग्य यो क्षेत्रमा पानीको दिगो व्यवस्थापन हुन सके सागसब्जी र फलफूल खेतीवाट पनि मनग्ये आम्दानी लिन सकिने सम्भावना उत्तिकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?