
झापा । जिल्लाका १३ प्रतिस्पर्धीलाई पछि पार्दै मेचीनगर नगरपालिकाका सहभागी दिव्या राय जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा झापा प्रथम भएकी छन् ।
संविधान दिवस २०८१ को अवसरमा जिल्ला समन्वय समिति झापाले शुक्रबार भद्रपुरमा आयोजना गरेको प्रतियोगितामा उनी प्रथम भएकी हुन् । धुलाबारी मावि धुलाबारीको कक्षा १० मा अध्ययनरत रायले तीन हजार नगद र प्रमाणपत्र हात पारेको सो विद्यालयका शिक्षक शिला खवासले बताइन् ।
राय जिल्ला र पालिका स्तरमा आयोजना गरिँदै आएका अधिकांश प्रतियोगितामा अब्बल छवि बनाएकी मेधावी प्रतिस्पर्धी हुन् ।
झापा १५ मध्ये १३ पालिकाका प्रतिस्पर्धीले भाग लिएको प्रतियोगितामा शिवसताक्षी नगरपालिकाका सहभागी विद्या सिग्देल दोस्रो र अर्जुनधारा नगरपालिकाका प्रतिस्पर्धी मीरा रिजाल तेस्रो भएको शिक्षक खवासले बताइन् ।
महिला अधिकारको सन्दर्भमा नेपालको संविधान विषयक सो प्रतियोगितामा उद्धव विष्ट, कविता पाठक र कमला आचार्यले निर्नायकको भूमिका निर्वाह गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच