भोजपुर । भोजपुरका शैक्षिक संस्थाहरुले बाल दिवसका अवसरमा बिविध कार्यक्रमको आयोजना गरेका छन् ।
६० औँ राष्ट्रिय बाल दिवस भोलि शनिवारको दिन परेकाले शुक्रवार नै विभिन्न कार्यक्रम गरि जिल्लाका शैक्षिक संस्थाहरुले मनाएको युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमी भोजपुर प्रिन्सिपल मनोज तामाङले बताउनुभयो । दिवसका अवसरमा विद्यालयमा नृत्य, गत बर्षको परिक्षामा उत्कृष्ठ हुने बिद्यार्थीहरुलाई प्रमाण पत्र बितरण लगायतका कार्यक्रम भएको छ ।
सदरमुकाम र ग्रामीण क्षेत्रमा रहेका बिद्यालयहरुले पनि बाल दिवसका अवसरमा बिविध कार्यक्रम गरेका छन । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले पनि हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
अन्तर्राष्ट्रिय बाल दिवस भने नोभेम्बर २० तारिखमा मनाइने चलन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच