बग्छन् सारेगम सुरसितै स्वच्छ गंगा सुकौरा ।
फक्रे जाई मखमली अहा जन्मधर्ती सुनौला ।।
झुुल्थे मीठा मधुर रसका आँप अम्बा अनार ।
मेरो चोखो हृदय तलमा नाच्दछन् वारवार ।।
१
दिन्छन् आध्यात्मिक गति अहा ! भैरवी पञ्चकन्या ।
भोला कर्णेश्वर स्वर भरी चल्दथे वेदकर्म ।।
बज्दै घण्टा जप भजनका झुल्दथे शान्ति पाठ ।
ब्यूूँझे धेरै अभिनव-प्रभा छर्दछन् रे सुवास ।।
२
बग्थे ठूला घरघर अहा ! क्षीर नेवारपानी ।
बिसौँ ऐले कसरी गहिरो धीर नेवारपानी ।।
बस्थे चोखा रसित प्रतिभा ज्ञानको दिव्य धर्ती ।
जुट्थे वक्ता प्रखर कविता फुल्दथे सत्य अर्ती ।।
३
लामीडाँडा तरु-लहरमा खेल खेल्थे कबाज ।
थुुम्का हाँस्दै समथर दुुबै वृक्षमा थे नवाफ ।।
मीठो मान्थ्यौँ तिँदुु तिनतले नासपाती र आरू ।
दाम्गाडेको शिखर तलले छर्दथे चारु-चारु ।।
४
रानीस्वाँरा नवलपुरमा बज्दथे गीत बाजा ।
काफल्छापे कुुसुुम बटुली उन्दथे फूलमाला ।।
गैरीगाँवै झलमल बनी हर्षका हर्ष पोती ।
नाची मान्के रसफलसँगै हाल्न थाल्थ्यो सुुसेली ।।
५
मैदानैमा पिङ चचहुुई भैरवीको प्रकाश ।
द्यौरालीका वरपिपलले पार्दथे क्या झकास ।।
तारूखर्के रमणी शिरमा जाई चम्पा गुराँस ।
भोर्ले मीठा उखुुसखर नै बाँड्दथे आसपास ।।
६
सम्झी मेरो मुटुतिर सधैँ वेदना तीव्र बन्छ ।
कल्लेरीका सघन तरुले सिर्जना नै सुसेल्छ ।।
आफ्नी आमा जनम धरणी सम्झना रित्तिदैन ।
टाढा बस्छौँ तर मनुज हो मृत्तिका सिद्धिँदैन ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच