हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट सहित जिल्लाभर विभिन्न कार्यक्रम गरी ६०औँ राष्ट्रिय बाल दिवस मनाइएको छ ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस जिल्लाका विभिन्न ठाउँमा पनि मनाइएको छ ।
सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया (भाम) को अध्यक्षतामा र सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीको प्रमुख आथित्यमा राष्ट्रिय बाल दिवस मनाइएको थियो । सिमकोट गाउँपालिकाको आयोजना र गुडनेवर इन्टरनेशनल, अष्ट्रिया साँझेदारी, आधार विकास, एसआइडिसी लगायत संस्थाहरुको प्रायोजनमा बाल दिवस मनाइएको छ ।
मानसरोर माध्यामिक विद्यालयमा सञ्चाल भएको बाल दिवसमा अन्तर विद्यालय स्तरीय दुईवटा विद्यामा कार्यक्रम भएको थियो । आभारभूत तहको नृत्य र माध्यामिक तहको वक्तृत्व कला सञ्चालन भएको थियो । गाउँपालिका भित्र रहेका १६ वटा विभिन्न विद्यालयले आफ्नो सहभागीता जनाएका थिए । १४ वटा आधारभूत तहका विद्यालयले नृत्यमा र सातवटा माध्यामिक विद्यालयले बक्तृत्वकलामा भाग लिएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानध्यापक अमरबहादुर शाहीले बताउनुभयो । गाउँपालिका भित्र रहेका विभिन्न सरकारी तथा गैरसरकारी विद्यालयले उक्त कार्यक्रममा आफ्नो सहभागीता जनाएका थिए ।
जसमा नृत्य तर्फ प्रथम मानसरोवर माध्यामिक विद्यालय, दोस्रोमा बाल मिन्दर माध्यामिक विद्यालय, तेस्रोमा कालाशिल्ता आधारभूत विद्यालय र सान्तवना कैलाश माध्यामिक विद्यालय डाडाफया भएको जानकारी प्राप्त भएको छ । उनीहरुलाई पुरस्कार राशी क्रमश तीन हजार, दुई हजार, पन्ध्र सय र एक हजार रहेको छ ।
त्यसैगरी बक्तृत्व कला तर्फ मानसरोवर माध्यामिक विद्यालय र कर्णाली माध्यामिक विद्यालय प्रथम, दोस्रो सैपाल माध्यामिक विद्यालय, तेस्रो बालमन्दिर माध्यामिक विद्यालय र सान्तवना रामदेव माध्यामिक विद्यालय भएको आयोजक टिमले जानकारी दिएको छ । उनीहरुलाई पनि क्रमश पुरस्कार राशी तीन हजार, दुई हजार, पन्ध्र सय र एक हजार रहेको थियो । यस्तै बाल दिवसमा सहभागी भएका विद्यालयलाई स्टेशनरी कापी, कलम, ज्यामिति बक्स लगायत वितरण गरिएको छ ।
आजै भएको बाल दिवस कार्यक्रममा सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उजीर रोकाया, जिल्ला समन्वय समितिका सदस्य सरिता रावत, सामाजिक विकास कार्यालयका हर्क बहादुर बस्नेत, शिक्षा विकास तथा समन्वय इकाइ समितिका योगेश आले मगर लगायत विभिन्न विद्यालयका प्रधानध्यापक, तथा प्रतिनिधि लगायतको उपस्थित रहेको थियो । बाल दिवस कार्यक्रममा बाल विवाह अन्त्य, बालशोषण, लगायतका विषयमा बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच