प्रधानमन्त्री प्रचण्डको ट्विटर अकाउन्ट ‘ह्याक’ भएको आशंका

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आधिकारिक ट्विटर ह्यान्डलमा समस्या आएको छ ।

आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएपछि ट्विटर ह्याक भएको आशंका गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले उक्त ट्विटर ह्यान्डलमा समस्या देखिएको र प्राविधिक टोलीले हेरिरहेको जानकारी दिनुभयो ।

बिहीबार बिहान ८ बजेसम्म तीन असान्दर्भिक पोस्ट रिट्विट गरिएको देखिन्छ । ह्याक भएको हो कि के हो प्राविधिक विश्लेषणपछि थाहा हुने शर्माको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?