सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि सामाजिक सुरक्षा नीति निर्माण सम्वन्धी २ दिने कार्यशाला सुरु भएको छ ।
लालबन्दीस्थित एक होटलमा ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजना तथा सेभ द चिडे«नको सहयोगमा कार्यशाला आजबाट सुरु भएको हो । सहभागीलाई सेभका गोपाल नेपालीले सामाजिक सुरक्षा नीतिका विविध पाटाका विषयमा प्रष्ट पार्नुुहुने आयोजकले जनाएको छ ।
कार्यशालामा पहुँच परियोजना संचालन भएको हरिपुर नगपालिकाका वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत कमल बाहदुर कार्की विभिन्न शाखाका प्रमुखलगायतको उपस्थिति छ । सामाजिक सुरक्षा नीतिको दुरदृष्टि, ध्येय, लक्ष्य, उद्देश्य र रणनीति चय गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको ग्रामीण नारी उत्थान संघका पहुँच परियोजना संयोजक आशिष रेग्मीले जानकारी दिनुभयो ।
उहाँले सामाजिक सुरक्षा नीति तय गर्न यही कार्यशालाबाट समिति बनाइने र समितिले नीति ड्राफ्ट गरेर नगर कार्यपालिकाबाट पारित गर्नेसम्मको पहल गर्ने बताउनुभयो । केही केहि दिन अगाडि ईश्वरपुर नगरपालीकाका जनप्रतिनिधि र कर्मचारीका लागि पनि यस्तै प्रकारको कार्यशाला आयोजना गरिएकने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच