नवलपरासी । बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा संचालन हुन लागेको सातौँ बर्दघाट मेलाको तयारी रोक्न बर्दघाट नगरपालिकाले निर्देशन दिएको छ । उद्योग बाणिज्य संघमा आबद्ध करिव ७ सय जना ब्यबसायीहरु र सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ बर्दघाट नगर समितिको ज्ञापनपत्र पछि नगरपालिकाले तत्कालका लागि काम रोक्न निर्देशन दिएको हो ।
मेला रोक्न भन्दै विद्यालय ब्यवस्थापन समिति र बर्दघाटका ब्यबसायीहरु नगरमा आएपछि नगरप्रमुख सम्भुलाल श्रेष्ठले मेला लगाउने सम्बन्धमा कामकाजलाई यथावत स्थगित गरी मेला संचालन सम्बन्धमा भएका निर्णयहरुको छाँयाप्रति सहित शुक्रबार विहान १०ः३० बजे सरोकारवाला पक्षलाई छलफलका लागि बोलाईएको बताउनुभयो । उहाँले ब्यबसायीहरु विच ब्यापक छलफल भएपछि मेला संचालन गर्ने वा नगर्ने निष्कर्ष निकालिने बताउनुभयो ।
सामुदायिक विद्यालय ब्यबसथापन समिति महासंघका नगर अध्यक्ष सोभाकर भुसालले अहिले बर्दघाटमा मेला लाग्ने कुरा विद्यार्थीका लागि उपयुक्त नहुने बताउनुभयो । “अहिले कक्षा ८ को विएलई र कक्षा १० को टेस्ट परीक्षा फागुनको १६ गते देखि २३ गतेसम्म गरिने हुनाले विद्यार्थीहरुको पठनपाठनलाई मध्यनजर गर्दै मेला स्थगन गर्न नगर समक्ष ज्ञापन पत्र बुझाएका हौँ । ” भुसालले भन्नुभयो ।
ब्यबसायीहरु अहिले आर्थिक मन्दिका कारण टाउकाे उठाउन नसक्ने अवस्था हुँदा हुँदै बर्दघाटको पुँजी बाहिर पलायन हुने गरेर मेला लगाउन उपयुक्त नभएको उद्योग बाणिज्य संघका निवर्तमान बरिष्ठ उपाध्यक्ष राजु पाण्डेले बताउनुभयो । “अहिले मेला नलगाउन ९९ प्रतिशत ब्यापारीहरुले आग्रह गर्दा कुनै सुनुवाई नगरी एकोहोरो मेला लगाउने तयारी अगाडि बढाउनु गलत छ । अहिले ७ सय बढि ब्यवसायीको हस्ताक्षर ल्याएका छौं थप चाहिन्छ भने २ दिनको समय दिनुहोस हामी १५ सय बढि ब्यबसायीको हस्ताक्षर ल्याउँछौँ” पाण्डेले भन्नुभयो ।
अधिकांश ब्यापारीहरुको विरोधका बाबजुत मेलालगाउनु उचित नहुने निवर्तमान उपाध्यक्ष राजु न्यौपानेको भनाई छ । उहाँले भन्नुभयो “कोरोना कहर र आर्थिक मन्दिका कारण ब्यापारीहरु मर्कामा परेको समयमा विगतका वर्षका मेलामा म समितिमा हुँदा पनि विरोध गर्दै आएको थिएँ अहिलेको अबस्थामा सबै ब्यापारीको मनसाय मेला नलगाउने भन्नेनै छ तर अटेर गरेर मेला लगाईए त्यसको असर गम्भिर हुन्छ ।”
निवर्तमान उपाध्यक्ष लेखनाथ पौडेलले अहिलेका परिस्थितिमा मेला गर्दा विद्यार्थी, अभिभावक, ब्यबसायी र उपभोक्ताहरुलाई समेत बेफाईदा हुने बताउनुभयो ।
उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले नगरले शुक्रबार विहान छलफलका लागि बोलाएको बताउँदै छलफलमा सहभागि हुने बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले मेलाको तयारी तिब्र रुपमा गरिरहेका छौं यसमा ठुलो लगानी भएको छ मेला रोक्न सक्ने अबस्था छैन ।”
“नगरले अहिले मेलाको तयारी यथावत राख्नु र छलफल गरौं भन्नु भन्दा पनि नगरले अनुमति दिनु पुर्वनै छलफल गराएको भए राम्रो हुने थियो । ” न्यौपानेले भन्नुभयो ।
नगरपालिकाले गत फागुन २ गते नै उद्योग बाणिज्य संघलाई मेला संचालन गर्नका लागि अनुमति दिइसकेकाे थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच