साउदी अरब । क्रिस्टियानो रोनाल्डोबिनाको अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको आफ्नो पहिलो खेलमा अंक बाँडेको छ । बगदादको अल मदिना इन्टरनेसनल स्टेडियममा सोमबार राती भएको खेलमा साउदी अरेबियाको नासर इराकको अल सोर्टासँग एक-एक गोलको बराबरीमा रोकिएको हो । भाइरल इक्फेक्सनका कारण रोनाल्डोले समूहको पहिलो खेल गुमाउनुभएको थियो ।
नासरले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । १४औँ मिनेटमा नै डिफेन्डर सुल्तान अल घानमले गोल गर्नुभएको थियो । तर, घरेलु टोलीले खेलमा फर्कन धेरै समय लगाएन । २४औँ मिनेटमा मोहम्मद दावदले आकर्षक गोल गरेपछि खेल एक-एकको बराबरीमा पुगेको थियो । ४०औँ मिनेटमा सोर्टाले पेनाल्टी पाएको थियो ।
नासरका मोहम्मद सिमाकनले दावदलाई रोकेपछि सुरुमा पेनाल्टी दिइएको थियो । तर, भारको प्रयोगपछि पेनाल्टी फ्रिकिकमा परिवर्तन भयो । दोस्रो हाफमा नासरले गोलको अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
५०औँ मिनेटमा साडियो मानेको पासमा एडरसन टेलिस्काले गरेको प्रहारको गोल किपरले उत्कृष्ट बचाउ गर्नुभयो । अन्त्यतिर सोर्टाको प्रहारमा पनि नासरका गोल किपर बाधक बन्नुभयो । साबिक विजेता अल आइनले पनि कतारको अल सादसँग एक-एक गोलको बराबरी खेलेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच