काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले ‘अनभेलिङ द भिजन अ ट्रान्सफरमेटिभ जोरनी विथ क्वालिटी एसुरेन्स’ राष्ट्रियस्तरको सम्मेलन गरी दीर्घकालीन परिकल्पना पारित गरेको छ । तिलोत्तमा रूपन्देहीको तिलोत्तमामा सम्पन्न दुईदिने सम्मेलनले कम्पनीको दीर्घकालीन परिकल्पना पारित गरेको छ । सम्मेलनमा कम्पनीका अध्यक्ष, सञ्चालक, उच्च व्यवस्थापन, विभागीय प्रमुख, अनुगमन प्रमुख तथा देशभरिका दुई सय ३६ शाखाका प्रबन्धकको सहभागिता थियो ।
सम्मेलन उद्घाटनमा कम्पनीका अध्यक्ष लोकराज शर्माले मर्जरपछि कम्पनी देशकै ठूलो लघुवित्त कम्पनीमध्येको एक बन्न पुगेको र आगामी दिनमा देशकै पृथक्, अग्रणी एवं अब्बल कम्पनी बन्ने आशा र विश्वास आफूले लिएको बताउनुभयो । सम्मेलनमा कम्पनीको व्यवसायका विभिन्न सूचकमा उत्कृष्ट कार्यसम्पादन गर्ने ३४ कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले कम्पनीको आगामी यात्राको भिजन पेपर प्रस्तुतीकरण गर्नुभएको थियो । साबिकको किसान लघुवित्त र साबिकको जाल्पा सामुदायिक लघुवित्त एक आपसमा गाभिएर मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट गत असार २७ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु भएको थियो ।
कम्पनीको चुक्ता पुँजी ६२ करोड ८३ लाख ५७ हजार रुपैयाँ पुगेको छ भने निकट भविष्यमै ११ करोड ४९ लाख ९८ हजार बराबरको सेयर निष्कासन प्रक्रिया अघि बढाउने भएको छ । सेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी ७४ करोड ३३ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । कैलालीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंको बुढानीलकण्ठमा रहेको छ । कम्पनीमा दुई लाख १६ हजार ग्राहक आबद्ध भई ८० हजारभन्दा बढी प्रत्यक्षरूपमा कर्जा उपभोग गरी लाभान्वित भएका छन् । हाल लगानीमा रहिरहेको कर्जा करिब १२ अर्ब रुपैयाँ र बचत परिचालन करिब चार अब रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच