साढे ५ किलो कोकिनसहित दुई विदेशी महिला पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ठूलो परिमाणमा लागूऔषध कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन् । नेपाल प्रहरीले ५ किको ६ सय ग्राम कोकिनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा युक्रेन र थाइल्याण्डका महिला रहेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनाएको छ ।

पुष ६ गते दुबईबाट काठमाडौं आएकी युक्रेनी नागरिकको गतिविधि शंकास्पद देखिएपछि निगरानी गर्ने क्रममा ठमेलमा पक्राउ गरिएको र उनले ल्याएको दुई वटा सुटकेशभित्र फल्स बटम बनाई लुकाइराखेको अवस्थामा ५ केजी ६ सय ग्राम कोकिन र केही अमेरिकी डलर, थाई भाट र नेपाली रुपैयाँ बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी दिनुभयो ।

थप अनुसन्धानको सिलसिलामा कोकिनको सुटकेश लिन आएकी थाई नागरिकलाई पनि पक्राउ गरिएको उनले बताए । बरामद भएको कोकिनको अवैध बजार मूल्य १२ करोडभन्दा बढि रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?