काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैँका अवसरमा देश तथा विदेशका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम हुनगइरहेका छन् । ती सांगीतिक कार्यक्रममा कलाकार जाने तथा सहभागी हुने क्रम सुरु हुन थालेको छ । यही क्रममा जापानको टोकियोमा असोज ७ गते हुनगइरहेको ‘दशैँ फेष्टिभल/कन्सर्ट’मा कलाकार जापान जाने तयारीमा छन् । सेकाइ इन्टरटेन्मेन्ट प्रा.लिको आयोजनामा हुन गइरहेको कार्यक्रममा लागि आइतबार कलाकार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
महोत्सवका लागि गायक चेतन राई, रमेश पाठक, रामकृष्ण श्रेष्ठ, गायिका मञ्जु लावती र नृत्यकार प्रवेश दनुवार टोकियो जाँदै हुनुहुन्छ । यस्तै, कार्यक्रम संयोजक मनिष लामा, ध्वनि प्राविधिक अनिश थापामगर र पत्रकार प्रकाशबहादुर सिंह पनि जापान जाँदै हुनुहुन्छ ।
टोकियोको मेगुरो कुमिन सेन्टरमा सोमबार त्यहाँको समयानुसार साँझ ६ बजेदेखि सांगीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई लिएर त्यहाँ स्थिति नेपालीहरू उत्साहित भएका छन् । ‘जापानमा मेरो पहिलो प्रस्तुति हुँदैछ । यसका लागि म पनि उत्साहित हुँदैछु । राम्रो प्रर्फमेन्सको तयारीमा छु’, गायक रमेश पाठकले भन्नुभयो । यस्तै अन्य कलाकारले पनि राम्रो प्रस्तुतिको तयारीमा रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच