काठमाडौं । सिजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौँ वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत हुनुभएको छ । होटेलियर इण्डियाले हालै सार्वजनिक गरेको सूचीमा विश्वका अग्रणी होटल चेनका नेतृत्वकर्ताहरू समावेश छन् । होटेलियर पावर लिस्टमा समावेश हुनु भनेको विश्व आतिथ्य उद्योगमा उल्लेखनीय योगदान पुर्याएको मान्यता हो । उक्त सूचीमा ओबरोय होटल्स, हृयात, हिल्टन, आइएचजी, म्यारियोट र एकोर जस्ता विश्वप्रसिद्ध ब्राण्ड समावेश छन् ।
राहुल चौधरीले भन्नुभयो, ‘मैले यो सम्मानलाई सिजी हस्पिटालिटीको विश्वव्यापी विस्तार र वल्र्डक्लास सर्भिसका रूपमा लिएको छु, यसले हाम्रा पाहुनाहरूलाई प्रदान गर्ने उत्कृष्ट सेवा र गुणस्तरको प्रतिबिम्बन गर्छ । लगातार पाँचौँ वर्ष होटेलियर इण्डिया पावर लिस्टमा समावेश हुन पाउँदा म अत्यन्तै गौरवान्वित छु ।’
सिजी हस्पिटालिटी होल्डिङ्सले हाल १२ देशका एक सय १६ गन्तव्यहरूमा एक सय ८५ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ, जसमा ११ हजारभन्दा बढी किज (रुम) रहेका छन् । कम्पनीको लक्ष्य सन् २०२५ सम्ममा दुई सयभन्दा बढी होटल र १२ हजार किज सञ्चालन गर्ने रहेको छ । सिजी हस्पिटालिटीका साझेदार ब्राण्डमा ताज, भिभान्ता, जेटविङ, र्याडिसन र फेयरमोन्ट जस्ता ब्राण्ड समावेश छन् । साथै सिजी हस्पिटालिटीको स्वामित्वमा द जिंक, द फर्न, समिट र द फार्म जस्ता ब्राण्ड पनि रहेका छन् । सिजी हस्पिटालिटीको इतिहास दुर्ई दशकभन्दा लामो छ । चौधरीले भन्नुभयो, ‘सिजी हस्पिटालिटीको रणनीतिक साझेदारीमा केन्द्रित दृष्टिकोण, हाम्रो सम्पूर्ण हस्पिटालिटीका कर्मचारीहरूको समर्पण र दृष्टिकोणप्रतिको प्रतिबद्धता नै हाम्रो सफलताको मूल आधार हो । यसले आतिथ्य उद्योगमा हाम्रो प्रतिबद्धता प्रतिबिम्बित गर्दछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच