काठमाडौं । नेपाली कला क्षेत्रमा भिडियो फोटोग्राफरका रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ अमितकुमार चन्दले । उहाँले म्युजिक भिडियो निर्माणको प्रतिस्पर्धात्मा आफ्नो छुट्टै स्थान बनाउनुभएको छ । उहाँले यस क्षेत्रमा गरेका कार्यले तारिफ बटुल्न सफल हुनुभएको छ । कडा मिहिनेत र परिश्रमले उहाँले आफूलाई यो क्षेत्रमा स्थापित गराउनुभएको छ ।
हिप-हप म्युजिक भिडियोमा काम गर्ने होस् वा परम्परागत लोक गीत, उहाँसँग प्रत्येक परियोजनाको विशिष्ट आवश्यकता र सौन्दर्यशास्त्र अनुरूप आफ्नो दृश्य कथा कथनलाई टेलर गर्ने प्रतिभा छ । सानैदेखि कला क्षेत्रको मोहले उहाँ यतिबेला यो क्षेत्रमा सक्रिय हुनुहुन्छ । यो क्षेत्र पछिल्लो समय धेरैको आकर्षको क्षेत्र भएको छ ।
कसैले राम्रै गरिरहेका छन् भने केहीको मात्र रहरमा सीमित भएको देखिन्छ । तर, यसै क्षेत्रमा आफ्नो करियर सोचेर अगाडि बढ्नेहरूको जमात कमै छ । रहर गरेर आउनेहरू एक/दुई दिनका पाहुनाजस्तै हुन्छन् भने यही क्षेत्रमै केही गरौं भनेर होमिनेहरूले यो क्षेत्रलाई समृद्ध बनाउन लागि परेको पाइन्छ । यस्तै यसै क्षेत्रमा आफ्नो भविष्य कोर्न जमर्को गरेर तिल्लन हुनुहुन्छ अमितकुमार ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच