काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.५ प्रतिशतले घटेर एक खर्ब ४० अर्ब ६० करोडमा झरेको छ । समीक्षा अवधिमा नेपालको कुल निर्यात ९.६ प्रतिशतले घटेर १२ अर्ब २३ करोड तथा कुल आयात ०.७ प्रतिशतले घटेर एक खर्ब २८ अर्ब ३८ करोडमा झरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
सो अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा फलाम तथा फलामजन्य उत्पादन, यार्न, ऊनी गलैंचा, अलैंची, तयारी पोशाक, जुट तथा जुटका सामान, ऊनी फेल्टका उत्पादन, जुस, पामतेल, चिया, जडीबुटी, कुकुर बिरालाका आहारा, पिना, पस्मिना सल, प्लाइउड, अदुवा, तामा तथा तामाका उत्पादन, कपडा, चाउचाउ प्रमुखरूपमा रहेका छन् । फलाम तथा तिनका उत्पादन निर्यात ०.२४ प्रतिशतले बढेर एक अर्ब २४ करोड पुगेको छ । तर, यार्न निर्यात भने १९.८७ प्रतिशतले घटेर ८६ करोडमा सीमित भएको छ । ऊनी गलैंचा निर्यात १६.८२ प्रतिशतले बढेर एक अर्ब दुई करोड पुगेको छ भने तयारी पोशाक निर्यात १२.१५ प्रतिशतले घटेर ८६ करोडमा सीमित भएको छ । प्लाइउड निर्यात भने २१३.९ प्रतिशतले बढेर ७६ करोड पुगेको छ । जुट तथा जुटजन्य निर्यात ३१.४० प्रतिशतले घटेर ४४ करोडमा सीमित भएको छ भने अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्ट निर्यात १२.६३ प्रतिशतले बढेर ६५ करोड पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा निर्यात ९.६ प्रतिशतले घटेर १२ अर्ब २३ करोडमा झरेको छ ।
जुसको निर्यात पनि ६.६८ प्रतिशतले घटेर ४८ करोडमा झरेको छ भने कृषिजन्य वस्तु निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यात ८३.२८ प्रतिशतले घटेर १६ करोडमा सीमित भएको छ । त्यसैगरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चिया निर्यात भने ३८.८३ प्रतिशतले बढेर ५८ करोड पुगेको छ । तर, अदुवा निर्यात ३६.१५ ले घटेर १५ करोडमा सीमित भएको छ । पिना (आयलकेक) को निर्यात ६६.२ प्रतिशतले बढेर ४३ करोड पुगेको छ । नेपालको निर्यात व्यापारमा प्रमुख स्थान आगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा १०.६५ प्रतिशतले घटेर सात अर्ब ५८ करोडमा झरेको छ । नेपालको कुल निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६२.७० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सो हिस्सा ६१.९९ प्रतिशत झरेको छ ।
नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, अष्ट्रेलिया, जापान, फ्रान्स, युएई, चीन, क्यानडा,, नेदरल्याण्ड्स, अफगानिस्तान, इटाली र टर्की प्रमुखरूपमा रहेका छन् । आयाततर्फ आर्थिक वर्ष २०८१/८२ को प्रथम महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम ३.८१ प्रतिशतले बढेर १९.५६ अर्ब पुगेको छ भने फलाम तथा स्टिलजन्य उत्पादन आयात २६.२२ प्रतिशतले घटेर १० खर्ब ८४ करोडमा अर्बमा झरेको छ । कच्चा भटमास तेल आयातमा ३३.२ प्रतिशतले घटेर एक अर्ब ३१ करोडमा झरेको छ भने औषधि आयात १०.९४ प्रतिशतले बढेर तीन अर्ब ११ करोड पुगेको छ ।
इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री आयात भने १२.३५ प्रतिशतले घटेर पाँच अर्ब ३५ करोडमा झरेको छ । यातायातका साधन र तिनका पार्टपुर्जा आयात भने ५१.२८ प्रतिशतले बढेर छ अर्ब ४९ करोड पुगेको छ । कच्चा पामतेल आयात ५०.१४ भने प्रतिशतले घटेर ४१ करोडमा सीमित भएको छ । खाद्यान्न आयात ५८.२ प्रतिशतले घटेर दुई अर्ब ९२ करोडमा झरेको छ भने तयारी पोशाक आयात ४०.०६ प्रतिशतले घटेर तीन अर्ब ५४ करोडमा झरेको छ ।
दूरसञ्चार सामग्री आयात १८.९ प्रतिशतले बढेर चार अर्ब २९ करोड पुगेको छ भने सुन आयात २६.९ प्रतिशतले घटेर एक ३३ करोडमा झरेको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यातमा ठूलो गिरावटका कारण व्यापार घाटा ०.४ प्रतिशतले बढ्दै कुल व्यापार घाटा एक खर्ब १६ अर्ब १५ करोड पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच