चेन्नई । बंगलादेशविरुद्धको टेस्ट शृंखलाअन्र्तगत पहिलो खेलमा भारतले २८० रनको सानदार जित निकालेको छ । चेन्नइस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा भारतले दिएको ५१५ रनको लक्ष्य पछ्याएको बंगलादेश २३४ रनमै अलआउट भयो । १५८-४ को स्थितिबाट चौथो दिनको सुरुवात गरेको बंगलादेशले थप ७६ रन बनाउँदा बाँकी ६ विकेट गुमाएको हो ।
बंगलादेशका लागि कप्तान नज्मुल हुसेन शान्तोले १२७ बलमा आठ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ८२ रनको योगदान गर्नुभयो । यसैगरी सद्मन इस्लामले ३५, जाकिर हसनले ३३, साकिब अल हसनले २५ तथा मोमिनुल हक र मुस्फिकर रहमानले समान १३ रन बनाउनुभयो । भारतका लागि रविचन्द्र आश्विनले ६, रविन्द्र जडेजाले तीन तथा जसप्रित बुमराहले एक विकेट लिनुभयो ।
भारतले २८७–४ को स्थितिमा दोस्रो इनिङ समाप्तिको घोषणा गरेपछि बंगलादेशले ५१५ रनको लक्ष्य प्राप्त गरेको थियो । दोस्रो इनिङमा भारतका लागि शुभमन गिलले १७६ बलमा अविजित ११९ रनको योगदान गर्नुभयो । यसैगरी ऋषभ पन्तले १२८ बलमा १०९, केएल राहुलले अविजित २२ र यशस्वी जैसवालले १० रन बनाउनुभयो ।
बंगलादेशका लागि मेहदी हसन मिराजले दुई तथा तस्किन अहमद र नहिद रानाले समान एक विकेट लिनुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो इनिङमा ३७६ रन बनाएको थियो । बंगलादेश १४९ रनमै समेटिएपछि भारतले पहिलो इनिङमा २२७ रनको अग्रता लिएको थियो । जितसँगे भारतले दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम टेस्ट शुक्रबारदेखि कानपुरमा सुरु हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच