श्रमिकहरुको सामाजिक सुरक्षामा लाग्ने कर हटाउन जेटियुसिसीको माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । श्रमिकहरुले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लागेको कर हटाउन सरोकारवालाले माग गरेका छन् ।

मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले श्रमिकहरुले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लाग्ने कर हटाउन जोड दिएका हुन् । कार्यक्रममा बोल्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले करको कुरामा नीतिगत हस्तक्षेप गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले सामाजिक सुरक्षामा कर लागिरहेको भन्दै नीतिगत रुपमा यसको समाधान खोज्नुपर्ने बताउनु भयो । उहाँले श्रमिकहरु कार्यरत रहँदा कर व्यहोरिरहने र उपदान कोष फिर्ता लिँदा पनि कर तिर्नुपर्ने अवस्था रहेको भन्दै करको दोहोरोपनालाई पनि हटाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘करको कुरामा हामीले नीतिमा हस्तक्षेप गर्नुपर्‍यो । सामाजिक सुरक्षामा पनि करहरु लागिरहेको अवस्था छ । प्रत्यक्ष, अप्रत्यक्ष रुपमा त्यहाँ करहरु लागेको अवस्था छ । दोहोरो करको कुरा पनि आइरहेको छ । अवकाश कोषमा पनि करको कुरा आइरहेको छ । एकातिर कार्यरत अवस्थामा हामीले कर बेहोरिरहेका छौँ । एकमुस्ट रुपमा राखेको उपदान कोषहरुलाई फेरि फिर्ता लिदाँखेरी फेरि कर तिर्नुपर्ने परिस्थिति निर्माण भएको छ । यि सबै किसिमका कुराहरुलाई हामीले नीतिमार्फत सम्बोधन गर्नुपर्छ ।’

उहाँले नीतिगत व्यवस्था गरी करको समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?