संघीय संसद्का दुबै सदनको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज दुबै सदनको बैठक डाकिएको छ । संघीय स‌सद् भवन, बानेश्वरमा अपरान्ह १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।

यसअघि संसदीय सुनवाइ समितिमा सदस्यहरू मनोनयन गर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि विशेष समिति गठन गर्ने तथा संवैधानिक परिषद् सबन्धी ऐन पारित गर्ने लगायतका कार्यसूची राखेर बैठक बोलाइएको थियो ।

तर, मुख्यतः संवैधानिक परिषद् ऐनमा प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित राखेर नयाँ प्रस्ताव ल्याएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाउँदा बिद्येयक कार्यसूचीबाट हट्न पुगेको थियो ।

यस अघि माथि उल्लेखित प्रमुख विषय नै समावेश नगरी बैठक बसेको थियो ।

यस्तै आजै राष्ट्रियसभाको बैठक पनि बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।

बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै आजसम्मका लागि स्थगित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?