हुम्ला उद्योग बाणिज्य संघले तोक्याे दैनिक उपभोग्य वस्तुको नयाँ मूल्य

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 5 mins

हुम्ला । हुम्ला उद्योग बाणिज्य संघले दैनिक उपभोगय सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । उद्योग बाणिजय संघले निर्धारण गरेको दैनिक उपभोग्य अधिकांस सामानको मूल्य घटबढ भएको छ । भने खसीको मासुको मुल्य घटेको छ ।

उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले दुई वटा निर्णय गरेको छ । दैनिक उपभोग्य सामानको मूल्य निर्धारण र थोक तथा खुद्रा व्यवसाय छनोट गर्ने यी दुईवटा निर्णय भएको जानकारी प्राप्त भएको छ ।

यस्तै सिमकोट बजारमा दैनिक उपभोग्य हुने सामानको हुम्ला उद्योग बाणिज्य संघले गरेको मूल्य निर्धारण अनुसार दैनिक उपभोग्य सामानको मूल्य सूचि कायम भएअनुसार सम्पूर्ण व्यवसायीलाई मुल्य वितरण गरिएको छ । बाणिज्य संघ हुम्लाले वितरणको सोही मुल्य कायम भए बमोजिम कार्यान्वय गरिएको बताइएको छ ।

सिमकोट बजारमा थोक व्यवसाय गर्दै आएका व्यवसायीले खुद्रा सामान विक्री नगर्ने निर्णय गरिएको उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष भण्डारीले बताउनुभयो । यस्तै मासु जन्य पदार्थको वितरण तथा खुद्रा प्रति केजी, खसीको मासु इकाई, प्रति केजी मुल्य निर्धारण गरिएको हो । बजारका व्यवसायीलाई दैनिक उपभोग्य वस्तुको मूल्य विक्रीका लागि निर्धारण गरिएको छ ।

वोइलर कुखुराको मासु प्रति केजी रु ७ सय, माछा मासु प्रतिकेजी रु ७ सय, वंगुरको मासु प्रति केजी रु ७ सय, अण्डा प्रति गोटा रु ३०, प्रति क्यारेट रु ७ सय ५० र रागाँ मासु प्रतिकेजी रु ७ सय ५० निर्धारण गरिएको बाणिज्य संघ हुम्लाका अध्यक्ष भण्डारीले बताउनुभयो । यस्तै जिउदो खसीको प्रतिकेजी रु ६ सय ५०, खसीको मासु मिक्स प्रतिकेजी रु एक हजार र खसीको नेट मासुको रु ११ सय रुपैयाँ निर्धारण गरिएको हो ।

यस्तै दैनिक उपभोग्य वस्तुमा धारा तेल प्रति लिटर ३ सय ७०, सन फ्लावर ३ सय, स्वास्तिक प्रति लिटर २ सय ८०, डाल्टा घ्यु २ सय ८०, चिनि प्रतिकेजी १ सय ७०, चिउरा प्रतिकेजी २ सय मुल्य तोकिएको छ । वाइवाइ चाउचाउ ३०, कुकिज विस्कुट एक सय, हर्लिक्स (बटल) प्रतिकेजी ५ सय ५०, हर्लिक्स प्याकेट ४ सय ५०, एभ्रिडे दुध ५ सय, कोकोनट विस्कुट २५, ज्याक्स विस्कुट २०, जिरा ५० ग्राम ७०, धनियाँ ५० ग्राम ७०, मिटमसला ७०, सब्जीमसला ५०, बेसार ५०, सेन्टफ्रुट चुइगम ३ सय ५०, कफी ५० ग्रामको १ सय ८०, चिया पत्ती ५०, लुगा धुने सावुन सानो ५० ठुलो ८०, नुहाउने सावुन लक्स ६०, नुहाउने सावुन लाइफवाइ ५५, चामल मोटो प्रतिकेजी १ सय २०, चामल मसिनो प्रतिकेजी १ सय ५० मुल्य तोकिएको उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष भण्डारीले बताउनुभयो । यस्तै प्रिती चाउचाउ २५, करेन्ट चाउचाउ ६०, सेन्चुरी खुर्सानी धुलोमा ५०, मम मसला ५०, टप विस्कुट प्याकेटको ५०, आटा प्रतिकेजी १ सय २०, फ्रुटी ४०, भुजा सानो प्याकेट ५०, भुजा ठुलो प्याकेट १ सय २०, टमाटर सस पाँच लिटर १३ सय, मैदा एक केजीको १ सय ३० धुलो खुर्सानी ५० ग्रामको ५० र एक सय ग्रामको एक सय रुपैयाँ मूल्य निर्धारण गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?