ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले नेपालकै सबैभन्दा ठूलो पस्मिना निर्यातकर्ता कम्पनी ट्राइकोटलाई ‘एक्सपोर्ट एक्सिलेन्स अवार्ड २०२४’ प्रदान गरेको छ । बुनाइ कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा रहेको ट्राइकोटलाई संघले उक्त सम्मान प्रदान गरेको हो ।
ट्राइकोट बुनाइका कपडा निर्यात गर्ने नेपालकै सबैभन्दा ठूलो कम्पनी हो । कम्पनीले ‘वुलन र कटन’ धागोबाट निर्मित पस्मिना स्विटर, सल, टोपी, मोजालगायतका पुरुष र महिला दुवैका लागि तयारी कपडा निर्यात गर्दै आएको छ । करिब २५ वर्षअघि चीन, भारत र नेपालका व्यवसायीको सामूहिक लगानीमा स्थापना भए पनि कम्पनीले २०६२ सालदेखि गोल्यान समूहको एकल स्वामित्वमा सञ्चालन हुँदै आएको छ । ट्राइकोटले खासगरी युरोपमा आफ्ना उत्पादन बढीमात्रामा निर्यात गर्छ ।
पछिल्लो पाँच वर्षमा कम्पनीले एक अर्ब ९४ करोड रुपैयाँ बराबरको निर्यात गर्दै नेपालको विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान पुर्याएको छ । कम्पनीले नेपाली बजारमा पनि करिब १७ करोड रुपैयाँ बराबरका बुनाइ कपडा आपूर्ति गर्दै आएको छ । ट्राइकोटका प्रबन्ध निर्देशक शक्ति गोल्यानका अनुसार कम्पनीका उत्पादन विश्वप्रसिद्ध ब्राण्ड जस्तै कुजतेन, फिंच हृयाटन, माला अलिशा, मिन्निरोज र रेमण्डलगायतका ब्राण्डलाई बिक्री हुँदै आएका छन् । उहाँले भन्नुभयो, ‘हामीले अहिले विश्वका चर्चित ब्राण्डका कम्पनीलाई आफ्ना उत्पादन निर्यात गर्दै आएका छौँ । इस्कच र बोसलिना ब्राण्डका कपडा निर्यात गरिरहेका भए पनि यसको औपचारिक घोषणा गरेका छैनौँ ।’ विराटनगरस्थित ट्राइकोटमा हाल तीन सय ५० भन्दा बढी कर्मचारीले प्रत्यक्षरूपमा काम गर्दै आएका छन्, जसमा ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी रहेका कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच