काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् सिद्धार्थ पुडासैनीको निर्देशन रहेको चलचित्र ‘सानो संसार’ र जौन योञ्जनको निर्देशन रहेको ‘आँखा’ । शुक्रबार प्रदर्शनअन्तर्गत यी दुई चलचित्र सिनेमाघरमा आएका हुन् । मध्यम वर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा चलचित्र ‘सानो संसारले प्रस्तुत गर्दछ भने ‘आँखा’मा नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई भावनात्मक रूपमा उठान गरिएको छ ।
सिद्धार्थ पुडासैनीको निर्देशन रहेको चलचित्र ‘सानो संसार’ र जौन योञ्जनको निर्देशन रहेको ‘आँखा’ आजदेखि सिनेमाघरमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत यी दुई चलचित्र सिनेमाघरमा आएका हुन् । मध्यम वर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा चलचित्र ‘सानो संसारले प्रस्तुत गर्दछ भने ‘आँखा’मा नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई भावनात्मक रूपमा उठान गरिएको छ ।
चलचित्र ‘सानो संसार’को काठमाडौंमा बुधबार ग्राण्ड प्रिमियर गरिएको थियो । प्रिमियरमा सहभागी अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए । अधिकांश दर्शकले नेपाली मध्य वर्गीय परिवारको वास्तविकता चित्रण गरिएको यो चलचित्र हरेक नेपालीले हेर्नुपर्ने सुझावसमेत दिएका छन् ।
लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको चलचित्र ‘आँखा’मा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राईलगायत कलाकारको अभिनय छ ।
निर्देशक योञ्जनकै कथा, पटकथा रहेको यो चलचित्रको निर्माता पनि योञ्जन नै हुनुहुन्छ भने नारायणप्रसाद बराल कार्यकारी निर्माता र राम बस्नेत लाइन प्रोड्युसर हुनुहुन्छ । चलचित्रको सहनिर्मातामा रेनुका कार्की ढोली रहनुभएको छ । चचित्रमा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको यो चलचित्रमा दीपक आरजे र जयन जे वाइवाको संगीत छ । चलचित्रलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।
यस्तै, चलचित्र ‘सानो संसार’मा चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ । चलचित्रमा उहाँसहित राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल शिशिर शिवाकोटी, सरिता भण्डारी, जीवन गौतमलगायत कलाकारको अभिनय छ । यी सबै कलाकारले यही चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछन् । राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मुभिजको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । अर्जुनकुमार निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले हुनुहुन्छ । राजधानी मिडिया र प्रिन्सेस मुभिजले चलचित्रलाई संयुक्त रूपमा प्रदर्शन गर्नेछन् ।
निर्देशक पुडासैनीलाई चलचित्रको कथा लेखनमा सरिष्मा खत्रीले सघाउनुभएको छ । प्रवीन खड्काको छायांकन र रोमी तण्डुकारको सम्पादन रहेको चलचित्रको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच