काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताउनुभएको छ । जलवायु परिवर्तनमा नेपालको योगदान कम भए पनि जलवायु परिवर्तनका असरले नेपाली नागरिक प्रभावित भएको भन्दै उहाँले जलवायु परिवर्तनका प्रतिकूल असर न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा वकालत गर्दै आएको स्मरण गराउनुभयो । इण्डोनेसियाको जकार्तामा आयोजित एसिया प्रशान्त क्षेत्रीय पाँचौँ मन्त्रीस्तरीय बैठकमा बोल्दै मन्त्री पौडेलले एक संसद् सदस्यका हैसियतमा आफूले नीतिगत तहबाट जलवायु परिवर्तनका समस्या सम्बोधन गर्न नेपालमा जलवायु संसद् गठन गर्न सधैं वकालत गर्दै आएकोमा हाल स्वास्थ्य तथा जनसंख्यामन्त्रीको हैसियतमा वर्तमान र भावी पुस्ताको स्वास्थ्य जोगाउन आवश्यक कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री पौडेलले स्वास्थ्य राष्ट्रिय अनुकूलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश भएको उल्लेख गर्दै नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपाय गरिरहेको बताउनुभयो ।
मन्त्री पौडेलले स्वास्थ्य राष्ट्रिय अनुकूलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश भएको उल्लेख गर्दै नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपाय गरिरहेको बताउनुभयो । स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, अनुसन्धान, अध्ययन तथा जलवायु संवेदनशील रोग निगरानी प्रणाली सुदृढीकरणसँगै स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधिता र वातावरणीय दिगोपन नेपालले कार्यान्वयन गरिरहेका केही उदाहरण भएको उहाँको भनाइ थियो ।
स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्वलाई ध्यानमा राखेर नेपालले अनुकूलनका साथै न्यूनीकरणका उपाय अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री पौडेलले नेपाल सरकारले १४ सय स्वास्थ्य संस्थामा स्वास्थ्य फोहोर व्यवस्थापनका लागि नन बर्न टेक्नोलोजी प्रयोग गर्ने प्रतिबद्धतासहित दोस्रो राष्ट्रिय निर्धारित योगदान योजना पेश गरेको उल्लेख गर्नुभयोे ।
कोप २६ मा जलवायु प्रभाव कम गर्न कार्बन स्वास्थ्य प्रणाली निर्माण गर्न प्रतिबद्धता जनाएको स्मरण गर्दै उहाँले स्वास्थ्य क्षेत्रमार्फत् हुने ग्रिन हाउस ग्याँस उत्सर्जनको आधारभूत मूल्यांकन गर्न नेपाल सफल भएको जिकिर गर्नुभयो । सबै ५१ देश र क्षेत्रमा सदस्यता खोल्ने प्रावधानको प्रशंसा गर्दै मन्त्री पौडेलले नेपाल क्षेत्रीय फोरमको पूर्ण सदस्य बन्न इच्छुक रहेको जानकारीसमेत गराउनुभयो ।
जलवायु परिवर्तन र वायु प्रदूषणका कारण हुन सक्ने स्वास्थ्य जोखिमबारे नागरिकलाई सचेत गराउन व्यापक जनचेतना अभियान महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले जलवायु स्वास्थ्य शिक्षालाई विद्यालय पाठ्यक्रम र सामुदायिक कार्यक्रममा बढावा दिनुपर्ने बताउनुभयो । वातावरण, कृषिसम्बन्धी खाद्य सुरक्षा र पशुधन र मानव स्वास्थ्यका मुद्दा सम्बोधन गरिने स्वास्थ्य एजेण्डामा नेपालको समर्थन रहने उल्लेख गर्दै मन्त्री पौडेलले जकार्ता घोषणापत्रमा प्रस्तुत गरिएका कार्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच