
कोहलपुर । कोहलपुर क्रिकेट रंगशालालाई महिला क्रिकेट एकेडेमी बनाउनुपर्ने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सुझाब दिनुभएको छ । दशौं राष्ट्रिय खेलकुदको तयारी बैठकमा सुर्खेत जाने क्रममा क्रिकेट रंगशालाको अवलोकन गर्नु हुँदै मन्त्री लिम्वु र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले स्थानीय तहसँगको सहकार्यमा रंगशालाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पाँच विघा क्षेत्रफलमा फैलिएको क्रिकेट रंगशालामा एकातर्फ प्याराफिट निर्माणको कार्य भइरहेको छ । करिब दुई करोड ११ लाख बजेटमा निर्माण हुँदै गरेको प्याराफिट २०८१ जेठभित्र सम्पन्न हुनुपर्ने सँझौता रहेको छ । क्रिकेट रंगशालाका विषयमा परिषद्का बोर्ड सदस्य तथा क्रिकेटका पूर्वकप्तान लेखबहादुर क्षेत्रीले जानकारी गराउनुभएको थियो । त्यस क्रममा नेपालगञ्जबाट निर्वाचित प्रदेश सांसद तथा कोहलपुर नगरपालिकाका मेयर र वडा अध्यक्षहरूले क्रिकेट मैदान निर्माणमा स्थानीय तह तयार रहेको बताउनुभयो ।
यस्तै मन्त्री लिम्बूले नेपालजञ्जमा निर्माण हुँदै गरेको सेन्थेटिक ट््याकको पनि निरीक्षण गर्नुभएको छ । एघार करोड ६६ लाख बजेटबाट निर्माण हुँदै गरेको ट््याकमा हाल बेसको काम भइरहेको इन्जिनियर राजु श्रेष्ठले जानकारी दिनुभएको छ । आगामी पुस मसान्तभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि चिसो मौसमा पिचको काम गर्न अप्ठ्येरो पर्ने भएकाले वैशाखसम्म काम सकिने बताइएको छ ।
निरीक्षणका क्रममा सदस्यसचिव घिसिङले निर्धारित समयभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । त्यस क्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, परिषद्का विभागीय प्रमुखहरू प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मालगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच