काठमाडौं । एसिया रग्बी सेभेन्स ट्रफी-२०२४ का लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आउनु हुनेभएको छ । उहाँ प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा सहभागी हुन असोज १८ गते बिहान नेपाल आइपुग्नु हुनेछ । प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा एसियालीस्तरको सिनियर रग्बी प्रतियोगिता हुनलागेको यो पहिलो पटक हो । प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । यो प्रतियोगिता अर्को वर्ष हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रूपमा समेत रहको छ । दुवैतर्फका विजेताले एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच