वाईफाई नेपालको सस्तो इन्टरनेट सेवा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई-नेपालले सेवा सुरु गरेको छ । कम्पनीले सस्तो इन्टरनेट प्याकेजसहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेट पहुँचमा पुर्‍याउने उद्देश्यसहित देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ । हाल ३० र ५० एमबिपिएस गतिको इन्टरनेट प्याकेज उपलब्ध हुनेछ । काठमाडौं उपत्यकामा उपलब्ध सेवा क्रमशः चरणबद्धरूपमा देशभर विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

वार्षिक प्याकेज लिने ग्राहकले चार हजार रुपैयाँमा ३० एमबिपिएस र पाँच हजार रुपैयाँमा ५० एमबिपिएस गतिको इन्टरनेट पाउनेछन् । जसमा ३० एमबिपिएसको मासिक शुल्क तीन सय ३३ रुपैयाँ र ५० एमबिपिएसको चार सय १७ रुपैयाँ हुन आउँछ । त्यस्तै ३० एमबिपिएसको तीनमहिने प्याकेज एक हजार एक सय र छ महिने प्याकेज दुई हजार एक सय रुपैयाँ, ५० एमबिपिएसको तीनमहिने प्याकेज एक हजार पाँच सय रुपैयाँ र छमहिने प्याकेज तीन हजार रुपैयाँमा उपलब्ध हुने बताइएको छ ।

३० एमबिपिएसको इन्टरनेट प्याकेजको मासिक शुल्क भ्याटबाहेक चार सय र ५० एमबिपिएसको प्याकेज भ्याटबाहेक पाँच सय ५० रुपैयाँमा उपलब्ध हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रितेशराज सिंहले बताउनुभएको छ । कम्पनीका अनुसार इन्टरनेट जडानमा एक महिना, तीन महिना, छ महिना वा एकवर्षे प्याकेजको शुल्कका अतिरिक्त राउटरका लागि एक हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?