काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अव निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले सो निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उहाँले अव सोही क्षेत्रको जनताको सेवामा निरन्तर लागिरहने बताउनु भएको हो ।
सोमबार शंकरापुर नगरपालिकाले तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टी भित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकीर गर्दै सो सन्देश स्थानीय जनतामा पु¥याउन गठबन्धनका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।
पूर्वसभामुख समेत रहनु भएका घर्तीले भन्नु भयो, ‘धेरैले यो क्षेत्र छोडेर जाने हो कि भनेर प्रश्न गरेका छन । मेरो हैसियतले अव भन्ने कुरा के रहन्छ भने मैले यो प्रश्नको जवाफ धेरै पटक दिएको छु–तपाईँसँगै रहन्छु । र, भोलीको मेरो प्रतिवद्धता यहाँकै जनताको सेवामा रहन्छु भन्ने भईंसकेपछि तपाईहरु आम जनताको बीचमा गएर अव तपाईँहरुले यो सन्देश प्रवाह गर्न पार्टीको तर्फबाट, मेरो तर्फबाट अनुरोध मात्रै होइन, अव त निर्देशन हुन्छ म भन्न चाहन्छु । धेरै प्रसंगहरुमा, धेरै छलफलहरुमा हामीले यो कुरा भनिसकेको हुनाले मैले यो कुरा तपाईहरुलाई भन्नु चाहन्छु । जननिर्वाचित प्रतिनिधिहरुले धेरै कुराको प्रतिवद्धता गरेर आफू निर्वाचित भएको हुन्छ । आज पनि हामीले त्यो प्रतिवद्धता जाहेर गर्दै हिँडेका छौं । तपार्इं स्थानीय तहका जनप्रतिनिधिहरुले पनि धेरै यस्ता प्रकारणका प्रतिवद्धताहरु बाँडनु भएको छ । त्यो प्रतिवद्धता पूरा गराउनका लागि केन्द्रमा पहुँच पु¥याउने काममा मेरो सक्दो पहल रहनेछ ।’
घर्तीले काठमाडौं क्षेत्र नेम्बर २ का स्थानीय जनप्रतिनिधिहरुले निर्वाचनमा गरेको प्रतिवद्धता पूरा गराउन पनि आफूले केन्द्रसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचनका बेला गरेको प्रतिवद्धता पूरा गराउन केन्द्रमा पहुँच पु¥याउन आफू समक्ष रहेको उहाँको भनाई थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच