काठमाडौं । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रम विजेतालाई दुईवटा इभी स्कुटर हस्तान्तरण गरेको छ । उनीहरूलाई काठमाडौं म्याराथनअन्तर्गत स्पोर्ट्स फेयरमा इन्ड्राइभका पिआर तथा कम्युनिकेसन लिड पवितनन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कुटर प्रदान गर्नुभएको हो ।
योरपेस प्रशिक्षण कार्यक्रमका क्रममा आफूले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरू चयन गरिएको थियो, जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई पनि ध्यान दिइएको कम्पनीले जनाएको छ । विजेतालाई योरपेस प्रशिक्षण कार्यक्रममा उल्लेखनीय संलग्नताबापत सम्मानित गरिएको हो ।
इन्ड्राइभका एसिया प्यासेफिक पिआर तथा कम्युनिकेसन लिड पवितनन्दा आनन्दले भन्नुभयो, ‘हाम्रा लगनशील ड्राइभरहरूको उपलब्धि यसरी मनाउन पाउँदा हामीलाई खुसी लागेको छ । योरपेस पहलहरूमार्फत् हामी मानिसहरूलाई व्यावसायिकरूपमा मात्र नभएर व्यक्तिगतरूपमा पनि सशक्त बनाउन चाहन्छौँ ।’ योरपेस प्रशिक्षणमा उत्साहजनक संलग्नता जनाएका एक चालकका छोराले ट्याब्लेट प्राप्त गर्न सफल भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच