गुल्मी । कारागार कार्यालय गुल्मीलाई सुधार गृहको रुपमा विकास गर्न थालिएको छ । कारागारलाई बन्दीगृह मात्र नभएर विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका व्यक्तिलाई सीप सिकाएर आय–आर्जनमा जोड्ने गरी कारागारलाई सुधार गृहका रुपमा विकास गर्न थालिएको हो ।
कारागारमा रहेका कैदीबन्दीहरुलाई उद्यम र सीपमूलक कार्यहरुसँग जोड्दै सुधार गृहका रुपमा विकास गर्नका लागि विभिन्न प्रयासहरु भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । यस कारागारमा रहेका कैदीबन्दीको सीपलाई प्रयोग गरी उनीहरुलाई श्रमसँग जोड्न नयाँ अभ्यासको थालनी समेत हुँदै आएको छ ।
पछिल्लो पटक प्रमुख जिल्ला अधिकारी शर्माको सक्रियतामा कैद जीवन बिताइरहेका कैदीबन्दीले सहज रुपमा पुस्तक अध्ययन गर्न पाउन भन्ने उदेश्यसहित पुस्तक ¥याक निर्माण गरी पुस्तकको समेत व्यवस्था गरिएको छ । उद्यमशीलतामा व्यस्त रहेता पनि लेख्न, पढ्न चाहना भएका कैदीबन्दीको लागि अध्ययनसँगै सोचाइमा परिवर्तन ल्याउनका लागि पुस्तक समेत प्रदान गरिएको छ । सीप विकासका लागि विभिन्न प्रकारका काठका सामानको उत्पादन र बिक्री वितरणको व्यवस्था समेत मिलाइएको छ ।
यस कारागार कार्यालयमा विगत १८ वर्षदेखि बाँसबाट बनाइने मुढा बुन्ने गरिएपनि हाल फर्निचरसँगै ढाका सम्बन्धि कपडा बुन्ने उद्योग समेत सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । कैदीबन्दी उद्यमसँग जोडिएसँगै आय–आर्जन समेत गर्न थालेका छन् । यसभित्रको उत्पादन र कार्य देख्दा त्यो कारागार नभई, विभिन्न उपभोग्य वस्तु उत्पादन गर्ने कारखाना हो भन्ने अनुभूति देख्न सकिने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।
कारगारको भित्री तथा बाहिरी भाग र कोठाहरुमा रंङरोगन, कार्पेटिङ तथा ढलान गरि सहज बनाइएको छ । यहाँ भान्सा कोठाको बिस्तार एवम् मर्मत सम्भार, राइस कुकर, विद्युतिय चुलोको व्यवस्थापन शौचालय मर्मत सम्भार एवम् विस्तार गरिएको छ । कारागारमा पुरुष तथा महिला कैदीबन्दीको सुताईलाई व्यवस्थित गर्न डबल टेकर खाटको व्यवस्था गरिएको छ । विद्युतीय गिजर, रेफ्रिजेरेटर टिभीको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
यहाँ उत्पादित मुढा, ढाका र फर्निचरबाट मासिक सरदर ६० देखि ८० लाख रुपियाँसम्मको कारोबार हुने गरेको छ । सुरक्षा निकाय, प्रशासन र आन्तरिक प्रशासनको त्रिकोणात्मक सम्बन्धका कारण कैदीबन्दी तथा थुनुवाहरुलाई कारागारभित्रै सीप अनुसारको उद्यमसँग जोड्न सकिएको गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थी बताउभयो । हरेक महिना प्रतिव्यक्ति कालिगढहरुले मासिक १५ हजार रुपियाँसम्म र सहायकहरुले मासिक आठ हजार देखि १२ हजार रुपियाँसम्म बुझ्ने गरेको उहाँले बताउनुभयो ।
बाहिरी कम्पाउण्ड नहुनु, भित्रीको कम्पाउण्ड पनि सानो भएका कारण सहज रुपमा उद्योग सञ्चालन गर्न नपाउनु नै मुख्य समस्या भएको जेलर पन्थीले बताउनुभयो । घरेलु कार्यालयमा यहाँको सीप अनुसारको साना उद्योग दर्ता गरी उद्योग नै सञ्चालन गर्न सकिए अहिलेको अवधारणा नेपाल कारागार ऐन २०७९ अनुसार खुल्ला कारागारकै रुपमा व्यवस्थित गर्न सजिलो हुने भन्दै जेलर पन्थीले सीपमूलक कार्यक्रम सञ्चालन गरेर व्यस्त राख्न सकिए अपराध घट्दै जाने समेत बताउनुभयो ।
यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको यस कारागारमा १०७ जना कैदीबन्दी रहेका छन् । जसमा पुरुष कैदी ७८ जना, महिला कैदी पाँच जना, थुुनुवा पुरुष २२ जना र थुनुवा महिला दुई जना रहेका छन् । ४३ जनाले जबरजस्ती करणी सम्बन्धि कैद भुक्तान गरिरहेका छन् । चोरी सम्बन्धी १६ जना, कर्तव्य ज्यान सम्बन्धी १४ जना, सवारी ज्यान सम्बन्धी ७ जना, बहुविवाह ६ जना, जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी कसुरका २ जना कैदीबन्दी रहेका जेलर पन्थीले जानकारी दिनुभयो ।
त्यस्तै, ज्यान मार्ने उद्योग र हातहतियार खरखजाना तथा विष्पोटक पदार्थ सम्बन्धिका १ जना, गौवध १ जना, ज्यान मार्ने उद्योगका ५ जना, अपराधिक उपद्रव (आगलागी) सम्बन्धिका ८ जना, अप्राकृतिक मैथुन सम्बन्धि १ जना, नागरिकता, राहदानी र किर्ते सम्बन्धिका १ जना, बैकिङ्क कसुर र वैदेशिक रोजगार सम्बन्धिका १ जना, बालयौन दुरुपयोग सम्बन्धि १ जना गरी १०७ जना कैदीबन्दीहरु अहिले कागारागारमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच