काठमाडौं । नेपाल स्रष्टा समाजको अध्यक्षमा पुनः साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई अध्यक्ष पदमा निर्विरोध पुनः निर्वाचित गरेको हो । अधिवेशनले समाजको उपाध्यक्षमा डा. सदानन्द कडेल, महासचिवमा देविका तिमिल्सिना, कोषाध्यक्षमा तारा सुवेदी, सचिवमा प्रकाश घायल र सदस्यहरूमा मधु पाठक, माधव बिडारी, रञ्जना निरौला, डा.शान्तिमाया गिरीलाई पनि निर्विरोध निर्वाचित गरेको छ ।
समाजको १८औं साधारणसभा तथा १०औं अधिवेशनले महासचिवको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतरूपमा पारित गरको थियो । सभाले विधान संशोधन समितिले पेस गरेको संशोधन प्रस्ताव पनि पास गरेको थियो ।
अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कवि बैरागी काइँलाले नेपाली साहित्यको उत्थान र विकासमा समाजले थुप्रै काम गरेको बताउनुभयो । कार्यक्रममा सहभागी विदेशी पाहुना नेपाल बंगलादेश फ्रेन्डसिप सोसाइटीका अध्यक्ष लायन मसुर मोहम्मदले दुई देशको भाषा साहित्यमा अनुभवको आदानप्रदान सहित भाषा साहित्यमा सहकार्य भइरहेको जानकारी गराउनुभयो ।
त्यस्तै, बंगलादेशका पूर्वराजदूत तथा अनुवादक एवं लेखक मसुद मननले नेपाल र बंगलादेशबीच भएको धार्मिक, सांस्कृतिक, भाषा साहित्यका बीचमा समानता रहेको धारणा राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच