
काठमाडौं । राष्ट्रिय कृषक समूह महासंघअन्तर्गतको महिला किसान मञ्चद्वारा आयोजित महिला किसान मञ्चको छदिने सिकाइ शिविर सोमबार सम्पन्न भएको छ । शिविरमा महासंघका पाँचवटा मुख्य एजेण्डामाथि विस्तृत छलफल तथा सिकाइका विविध प्रक्रिया अपनाई शिविरमा सिकेका कुराहरू समीक्षा कार्यक्रममा व्यक्त गरेका थिए । महासंघको तहगत संरचनाअन्तर्गत महिला किसान मञ्चको गठन गरिएको हो ।
महिला किसान मञ्च संयोजकको अध्यक्षतामा भएको कार्यक्रममा महिला नेतृत्वका लागि क्षमता विकास, बजेट निर्माण प्रक्रिया, महिला सहभागिता र पहल, किसान परिचयपत्र, खाद्य अधिकार, खाद्य सुरक्षा, खाद्य सम्प्रभुता तथा खाद्य ऐनमा महिला किसान मञ्चले निभाउनुपर्ने भूमिका, पर्यावरणीय कृषि प्रणालीमा महासंघको हालसम्मका प्रयास र नीतिगत पैरवी तथा कृषिमा महिला उत्तरदायी महिलामैत्री कृषि औजार र प्रविधिलगायतका विषयमा बृहत् छलफल भएका थिए ।
सातवटै प्रदेश तथा स्थानीय तहमा महिला किसान मञ्च गठन गर्ने, छरिएका महिला किसान समूह सहकारीलाई एकीकृत गरी राज्यको सेवा सुविधा लिन पहुँच पुर्याउने र सातै प्रदेशमा महिला मुद्दा उठाउनेलगायतका कार्यदिशा रहेको मञ्चका संयोजक अनिता बस्नेतले जानकारी गराउनुभयो । सो अवसरमा महासंघ अध्यक्ष पञ्चकाजी श्रेष्ठले महिला किसान मञ्चको उपादेयता र सिकाइ, शिविरको सिकाइलाई व्यवहारमा लागू गर्दै आगामी दिनमा प्रदेश तहसम्म सिकाइ शिविरलाई विस्तार गरिने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच