एजेन्सी । प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजाका मानिसहरू अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ । मध्य गाजामा फोहोरको थुप्रो जम्मा भइरहेको र ढलको पानी सडकहरूमा चुहिरहेको एजेन्सीले सामाजिक मिडिया प्लेटफर्म एक्समा उल्लेख गरेको छ । ‘परिवारहरूसँग यो जम्मा भएको फोहोरको छेउमा बस्नुको विकल्प छैन ।
तिनीहरूलाई दुर्गन्धित गन्ध र स्वास्थ्य प्रकोपको आसन्न खतरा हुनसक्छ’, युएनआरडब्लुएले भनेको छ । संयुक्त राष्ट्र एजेन्सीले तत्काल युद्धविरामको लागि आहृवान गरेको छ ।
१७ हजार महिला तथा बालबालिकाको हत्या
अक्सफामले गरेको नयाँ अध्ययनले बितेको दुई दशकमा विश्वमा भएका युद्धहरूमा इजरायली सेनाले एकै वर्ष सबैभन्दा बढी बालबालिका तथा महिला मारेको देखाएको छ । इजरायली सेनाले पछिल्लो १२ महिनामा गाजामा घेराबन्दी र बमबारी गरी ठूलो संख्यामा बालबालिका तथा महिला मारेको अध्ययनको दाबी छ ।
अक्सफामका अनुसार, पछिल्लो एक वर्षमा इजरायलले हमासविरुद्धको युद्धको नाममा गााजमा ११ हजार बालबालिका र ६ हजार भन्दा बढी महिलाको मारेको छ । यसअघि, सन् २००४ देखि २०२१ सम्म भएका युद्धमध्ये सन् २०१६ मा एकैवर्ष इराकमा दुई हजार ६०० महिला मारिएका थिए ।
यसअघि, सिरिया युद्धको पहिलो ३० महिनामा ११ हजारभन्दा बढी बालाबालिका मारिएका थिए । सिरिया युद्धमा एक वर्षमा औसत चार हजार ७०० भन्दा बढीको मृत्यु भएको थियो । विगत १८ वर्षमा बालबालिका र सशस्त्र द्वन्द्वसम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदनले १२ महिनामा अन्य कुनै पनि द्वन्द्वले यति ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको देखाएको छैन । ‘यी चकित पार्ने तथ्यांकहरू डरलाग्दो र हृदयविदारक छन्’, अक्सफ्यामको मध्यपूर्व र उत्तर अफ्रिका निर्देशक सेली अबी खलिलले भन्नुभएको छ ।
अन्तर्राष्ट्रिय प्रभावशाली नेताहरू इजरायललाई उत्तरदायी बनाउन असफल भएको उहाँले आरोप लगाउनुभएको छ । निःसर्त इजरायललाई हतियारको आपूर्ति जारी राखेर उनीहरू अत्याचारमा पनि संलग्न भएको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच