काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले एसियाली विकास बैंक (एडिबी) सँगको सहकार्यमा छिमेक लघुवित्त वित्तीय संस्थालाई ऋण सहयोग गरेको छ । छिमेकलाई गैरवित्त जोखिम साझेदारी सम्झौताअन्तर्गत ऋण सहयोग उपलब्ध गराउने सहमति भएको स्ट्याण्डर्ड चार्टर्डले जनाएको छ । यसखालको सम्झौता नेपालमै पहिलोपटक भएको बताइएको छ । सम्झौताअनुसार उपलब्ध हुने ऋण ग्रामीण भेगमा वित्तीय पहुँच थप बलियो बनाउन उपयोग हुने तथा अन्य नवीन काममा पनि ऋण उपलब्ध गराई सीमान्तकृत समुदायको आर्थिक वृद्धिमा बढावा दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ । ऋण आदान-प्रदान सम्झौता कार्यक्रममा एडिबीका कन्ट्री डाइरेक्टर, अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल, छिमेक लघुवित्तको व्यवस्थापन समूह, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।
एडिबीका कन्ट्री डाइरेक्टर आर्नौड कर्कोइसले भन्नुभयो, ‘एडिबीको लघुवित्त कार्यक्रमअन्तर्गत वित्तीय समावेशिता र लैंगिक भेदभाव हटाई नेपालका सीमान्तकृत र पिछडिएका महिलाको आर्थिकस्थिति उकास्न यसखालको ऋणले उल्लेख्य सहयोग गर्ने विश्वास छ । हाम्रो लघुवित्त कार्यक्रमअन्तर्गत नेपालमा छिमेक लघुवित्त पहिलो साझेदार बनेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसँग साझेदारी गर्दै नेपालको गरिबी निवारणमा सहयोग गर्न पाउँदा औधी खुसी छौँ ।’ छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दीपकनिधि तिवारीले ऋण सहयोग नेपालका ग्रामीण भेगमा रहेका सीमान्तकृत समुदायको आर्थिक स्तर उकास्न उपयोग गरिने बताउनुभएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले नेपालका सीमान्तकृत समुदायको आर्थिक उन्नतिका लागि बैंकले काम गर्दै आएको र भविष्यमा यस्ता कार्यक्रमलाई थप बढाउँदै लाने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच