काठमाडौं । अविरल वर्षा तथा बाढीपहिरोका कारण देशभरमा सात अर्बभन्दा बढीको बालीनाली तथा पशुधन क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार सात अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको हो । तर, देशभरबाट विवरण अद्यावधिक हुने क्रम जारी रहेकाले क्षतिको विवरण थप हुन सक्ने मन्त्रालयको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मंगलबार दिउँसोसम्म प्राप्त विवरणअनुसार देशभर ५८ हजार चार सय ७६ हेक्टरमा लगाइएको धानबाली नष्ट हुँदा तीन अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ, जसमध्ये मधेश प्रदेशमा मात्रै ४२ हजार हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ ।
त्यस्तै १३ सय हेक्टर क्षेत्रफलमा लगाइएको अलैंची खेती नष्ट हुँदा ७० करोड रुपैयाँ बराबरको क्षति भएको छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी अलैंची खेती नष्ट भएको हो । ८५ हेक्टरमा लगाइएको उखु खेती पनि बाढीका करण नष्ट भएको छ । मधेश प्रदेशमा लगाइएको उक्त उखु खेती नष्ट हुँदा ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने चार सय ५८ हेक्टर माछापोखरीमा एक अर्ब १३ करोड रुपैयाँको क्षति भएको छ । २४ पशु गोठमा क्षति हुँदा २२ हजार दुर्ई सय पाँच पशुपन्छी मरेका छन् । त्यस्तै २२ हेक्टर फलफूल बगैँचा र चार हजार सात सय ४३ हेक्टर तरकारी बाली नष्ट भएको छ । फलफूल र तरकारी बाली पनि धेरैजसो मधेश प्रदेशमा नै नष्ट भएको छ ।
कृषि मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार सात अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । तर, देशभरबाट विवरण अद्यावधिक हुने क्रम जारी रहेकाले क्षतिको विवरण थप हुन सक्ने बताइएको छ ।
मन्त्रालयका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेमा लगाइएको धानबालीमा क्षति पुगेको छ भने खोटाङमा अलैंची र पर्सामा उखु खेतीमा क्षति पुगेको छ भने धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा रहेका माछापोखरीमा क्षति पुगेको छ ।
पशुपक्षीतर्फ पाँचथर, धनकुटा, तेह्रथुम पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर, मधेश प्रदेशका सबै जिल्लामा क्षति पुगेको छ भने फलफूल बगैँचातर्फ कास्की, नवलपरासी पूर्व, कञ्चनपुर र रौतहटमा क्षति पुगेको छ । तरकारी बालीतर्फ खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा र दुई कोल्डस्टोरसहित मन्त्रालय र मातहतको कार्यालयको भौतिक तथा अन्य संरचनातर्फ लालबन्दी, नक्टाझिज, गोदावरी, खुमलटार, मुसीकोट, फिकल कीर्तिपुर, मार्फा, नवलपुरमा क्षति पुगेको छ ।
केही दिनअघि कृषिमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले वर्षाका कारण बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषिसम्बन्धी पूर्वाधार, आपूर्ति शृंखलालगायतका क्षेत्रमा परेको क्षतिको तत्काल मूल्यांकन गरी आवश्यक तत्कालीन र दीर्घकालीनरूपमा मन्त्रालयले आगामी दिनमा चाल्नुपर्ने पुनस्र्थापनालगायतका कार्यक्रम मातहतका निकायबाट प्रस्ताव गर्न निर्देशन दिएको थियो । मन्त्रालयको आयोजनामा खाद्य सुरक्षा क्लस्टरको बैठक बसी सम्पूर्ण साझेदार संस्थाद्वारा खाद्य सुरक्षा क्षेत्रमा तत्काल गरिरहेको कार्य र दीर्घकालीनरूपमा गर्नुपर्ने पुनस्र्थापनाका कार्यबारेमा पनि छलफल भएको थियो ।
साझेदार संस्थालाई सम्पूर्ण राहत वितरणका कार्यक्रम एकद्वार प्रणालीबाट सम्बन्धित पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा वितरण गर्न अनुरोध गरिएकोमा उल्लेखित संस्थाबाट तत्काल राहत वितरण गर्न तयारी अवस्थामा रहेको भए तापनि जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्देशन प्राप्त नभएकाले वितरण गर्न नसकिएको र प्रभावितलाई छिटो राहत वितरण गर्न तत्काल समन्वय हुनुपर्ने सुझाव प्राप्त भएको मन्त्रालयले जनाएको छ । हालसम्मको तथ्यांक संकलन फस्र्याटमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् प्राप्त हुने फस्र्याटमा कृषि बाली तथा माछामा भएको क्षतिसमेतलाई तथ्यांक संकलनको नियमित प्रक्रियामा समावेश गरिदिन आग्रह गरिएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच