सिन्धुली । सिन्धुलीका बाढीपहिरो पीडित तथा प्रभावितलाई तत्काल राहत व्यवस्थापन, समन्वय र सहजिकरण गर्न बुधबार विहान कार्यदल गठन गरिएको छ ।
असोज १०-१२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरो प्रभावितलाई तत्काल राउत उपलब्ध गराउन राहत वितरण कार्यदल गठन गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुँयालको संयोजकत्वमा गठीत कार्यदलमा ७ जना सदस्यहरु छन् ।
जिल्ला समन्वय अधिकारी, सम्बन्धित पालिका तह उपलब्ध गराउने संस्था भए सम्बन्धित संस्थाको प्रतिनिधि, उद्योग वाणिज्य संघको प्रतिनिधि, र उपलब्ध सञ्चारकर्मी कार्यदलमा समेटिएका छन् ।
जम्मा ८ जनाको कार्यदलले जिल्लाका बाढीपहिरो पीडित तथा प्रभावितलाई यथोचित राहत उपलब्ध गराउनुका साथै आवश्यक समन्वय र सहजीकरण गर्ने छ । साथै, बाढीपहिरोका कारण क्षतिग्रस्त संचनाहरुको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन पहल गर्ने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच