
झापा । बिहीबार झापामा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।
झापा प्रहरीका अनुसार हल्दिबारी गाउँपालिका ३ को रणकाली सामुदायिक वनमा घाँस काटेर फर्कने क्रममा सोही ठाउँका ६५ वर्षीय वाङ्दी गुरुङको हात्ती आक्रमणमा परी मृत्यु भएको हो ।
जंगली हात्तीको समूहले लखेटेर लछारपछार गर्दै कुल्चेको र गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर मृत्यु
यसैगरी गौरीगञ्ज गाउँपालिका ३ का ३६ वर्षीय रामकुमार गिरीको करेन्ट लागेर मृत्यु भएको छ । उनको दुई दिन अघि करेन्ट लागेर मृत्यु भएको हो ।
घर नजिकैको भान्द्रा खोलामा माछा मार्न करेन्ट लगाउँदा गिरी घाइते भएका थिए । उपचारका लागि लाईफ लाइन अस्पताल दमक लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच