इलाम । मेची राजमार्गअन्तर्गत इलामको माइखोलामाथिको खण्डमा पहिरो गएपछि राजमार्गमा यातायात ठप्प भएको छ । आज दिउँसो सडक मर्मत गर्नेक्रममा माथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रुपले अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध भएपछि झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ आउजाउ गर्ने सवारीसाधन बिचमै रोकिएका छन् । पहिरो खसेपछि आज यातायात सञ्चालन गर्न नसकिने अवस्था आएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर मनिषा कट्टेलले बताउनुभयो । सवारीका साधन चल्न नसकेपछि यहाँ आइपुगेका सयौं यात्रु र सवारी साधन अलपत्र परेका छन् ।
झापातिरबाट आउने सवारी साधन माइखोलामा र इलाम बजारबाट जाने सवारी साधन पहिरोभन्दा माथिपट्टिको सडकमा ताँती लागेका छन् । अहिले झापातिरबाट आएका सवारीले माइखोलाबाट र इलामतिरबाट गएका सवारी साधनले पहिलोभन्दा माथिल्लो क्षेत्रबाट यात्रुलाई सेवा दिँदैछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच