एजेन्सी । साउदी प्रो लिगमा करिम बेन्जिमा समिम्लित अल इत्तिहादले अल अख्दुदमाथि २-१ गोलको जित हात पारेको छ । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ५०औं मिनेटमा रियाल मड्रिडका पूर्वखेलाडी बेन्जिमाले डेडलक तोड्नुभयो । उहाँले मुसा डियाबेको क्रसमा गोल गरेपछि इत्तिहादले अग्रता लिएको थियो ।
८९औं मिनेटमा भएको दोस्रो गोलमा पनि बेन्जिमाको संलग्नता रहृयो । उहाँले सुरुवातमा स्टिभन बर्गविनलाई बल उपलब्ध गराउनुभएको थियो । बर्गविनको क्रसमा हुसेन औवारले हेडर गोल गर्दै घरेलु टोलीविरुद्धको दूरी २-० मा पुर्याउनुभएको थियो ।
इन्जुरी समयमा अख्दुदका सलेह अल अब्बासले सान्त्वना गोल फर्काउनुभउको थियो । इत्तिहाद ६ खेलबाट १५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेल्दै शीर्ष स्थानमा रहेको अल हिलालको पनि १५ अंक नै छ ।
क्रिस्टियानो रोनाल्डोको अल नासार पाँच खेलमा ११ अंक जोड्दै चौथो स्थानमा छ । मात्र चार अंक हात पारेको अख्दुद १४औं स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच