सिन्धुली । जिल्लाका बाढीपहिरो प्रभावित पालिकालाई राहत तथा सहयोग जुट्न थालेको छ । १०-१२ असोजमा परेको अविरल वर्षाले क्षति पुर्याएको दुई पालिकालाई विभिन्न निकायले सहयोग गर्न थालेका हुन् ।
बाढीपहिरोजन्य विपदबाट पुगेको क्षति पुर्नस्थापन तथा संकट व्यवस्थापन गर्न राहतका लागि सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिकालाई सहयोग जुट्न थालेकोे हो ।
कमलामाई नगरपालिका, सिन्धुलीका प्रमुख उपेन्द्रकुमार पोखरेलले शुक्रबार गोलञ्जोर र सुनकोशीका पालिका प्रमुखहरु क्रमश शंकर राज बराल र दिपा बोहोरा दाहाललाई पालिकाको कार्यालयमा भेटेर तीनरतीन लाखको चेक प्रदान गर्नुभयो ।
चेक हन्तान्तरण गर्दै आफुहरुले गरेको सानो सहयोगले पनि सुनकोसी र रोशी खोलामा आएको बाढी र विभिन्न ठाउँमा गएको पहिरोका कारण विस्तापित भएका प्रभावित परिवारलाई मलमको काम गर्ने बताउनुभयो ।
‘बाढीपहिरोबाट सिन्धुलीका सबै पालिका प्रभावित छन् । अझ बढी उत्तरी क्षेत्रका सुनकोशी, गोलञ्जोर र फिक्कल गाउँपालिका प्रभावित भएको छ्,’ कनपा नगर प्रमुख पोखरेलले भन्नुभयो, “छिमेकीकोमा विपत्ति आयो, मेरोमा आएन भनेर चप लागेर नबसाँै । आ–आफ्नो ठाउँबाट सबैले सकेको सहयोग गरौँ ।”
बाढीपहरोले घरमा थुपारेको लेदो र बालुवा माटो सफाई गर्न बारूणयन्त्र, डिजेलसहित नगरका जनशक्तीसमेत प्रभावित क्षेत्रमा खटाइएको उहाँले बताउनुभयो ।
यसैगरी, दुधौली नगरपालिका, सिन्धुलीका प्रमुख दिनेश कुमार अधिकारी दनुवारले सुनकोशी गाउँपालिकालाई पाँच लाख रुपैयाँ र गोलञ्जोर गाउँपालिकालाई दुई लाख रुपैयाँ प्रदान गर्नुभएको छ । दुधौली नगरकार्यपालिका र विपद व्यवस्थापन समितिको बैठकले गरेको निर्णयअनुसार सम्बन्धि पालिकाको कार्यालय पुगेर पालिका प्रमुखहरुलाई सहयोग रकम प्रदान गरिएको नगरप्रमुख अधिकारी दनुवारले बताउनुभयो ।
मरिण गाँउपालीका, सिन्धुलीले सुनकोशी गाँउपालीकालाई तीन लाख रुपैयाँ र गोलञ्जोर गाउँपालिकालाई दुई लाख रुपैयाँ सहयोग गरेको छ । पालिका प्रमुख विमर्श मोक्तान (प्रख्यात) ले सम्बन्धित पालिका पुगेर उक्त सहयोग प्रदान गर्नुभएको थियो ।
यसका साथै सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुली नेपाल रेडक्रस सोसाईटी लगायत जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाहरुले राहत वितरण कार्यदलका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयाँलको संयोजकत्वमा बाढीपहिरो प्रभावित पालिकाका तीन सय परिवारलाई तत्कालका लागि चाहिने अत्यावश्क सामाग्री तथा खाद्यन्नहरु वितरण गरेका छन् ।
विभिन्न ठाउँमा गएको पहिरो र रोशी खोला तथा सुनकोसी नदीमा आएको बाढीले यस पालिकामा मानविय क्षतिसमेत भएको थियो । मानव बस्ती, धानबाली, खेतियोग्य जमिन र सडकमा भयानक क्षति बाढीपहिरोले गरेको थियो ।
बाढीपहिरो प्रभावित सुनकोशी र गोलञ्जोरले सुचना निकालेर पालिकाबासिको उद्धार, राहत, पुर्ननिर्माण र पुर्नस्थापनाको लागि सहयोग गर्न सार्वजनिक अपिल गरेका थिए ।
तस्वीर : कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोखरेल बाढीपहिरो प्रभावित पालिकालाई आर्थिक सहयोग प्रदान गर्नुहुँदै ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच