हुम्ला । असोज १६ गतेदेखि सञ्चालन भएको सिमकोट गाउँपालिकाको माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड सदरमुकाममा रहेको मानसरोवर माध्यमिक विद्यालयले हात पारेको छ । विभिन्न विधामा सञ्चालन भएको उक्त प्रतियोगितामा मानसरोवर नमुना माध्यमिक विद्यालय २७ पदकसहित प्रथम भएको हो । १४ स्वर्ण, चार रजत र आठ कांस्य गरी २७ पदकसहित मानसरोवर माध्यमिक विद्यालय प्रथम भएको आयोजक विद्यालयका प्रधानाध्यापक छिमि लामाले जानकारी दिनुभयो ।
यस्तै दोस्रो बालमन्दिर माध्यमिक विद्यालय भएको छ । आठ स्वर्ण, आठ कांस्य र पाँच रजत गरी २१ पदकका साथ दोस्रो भएको छ । त्यसैगरी कर्णाली नमुना माध्यमिक विद्यालय तेस्रो भएको छ । दुई स्वर्ण, तीन रजत र एक कांस्य गरी ६ पदकसहित तेस्रो भएको प्रधानाध्यापक लामाले बताउनुभयो ।
सिमकोट गाउँपालिकास्तरीय माध्यमिक विद्यालयको राष्ट्रपति रनिङ शिल्डमा पालिकाभित्र रहेका सातवटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । प्रथम हुने विद्यालयलाई १५ हजार, दोस्रो १२ हजार र तेस्रो हुने विद्यालयलाई नौ हजार पुरस्कारसहित विभिन्न शिल्ड, प्रमाणपत्र, मेडल वितरण गरिएको छ ।
भलिबल खेलको छात्रतर्फ उत्कृष्टमा कैलाश माध्यमिक विद्यालयका मनिश सुनार छनोट हुनुभएको छ । छात्रातर्फ बालमन्दिर माध्यमिक विद्यालयकी प्रकृति महत छनोट हुनुभएको छ । यस्तै एथलेटिस्कतर्फ छात्रतर्फ उत्कृष्टमा मानसरोवर माध्यमिक विद्यालयका खगेन्द्र शाही र छात्रातर्फ बालमन्दिर माध्यमिक विद्यालयका तुलसी बोहरा छनोट हुनुभएको छ ।
रलिङ माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल भण्डारीको अध्यक्षता र जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा सञ्जयको प्रमुख आतिथ्यताका साथै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) को विशेष आतिथ्यमा उक्त राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ । यस्तै समापन कार्यक्रममा नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच