काठमाडौं । नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष/महिला टोलीको घोषणा गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा खो खो संघले आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको खो खो संघले जनाएको छ । पुरुष/महिला दुवैमा समान १५-१५ खेलाडीको अन्तिम छनोट गरिएको खो खो संघका कार्यवाहक अध्यक्ष छत्रबहादुर शाहीले जनाउनुभएको छ । दुवै समूहमा समान १०-१० वैकल्पिक खेलाडी पनि सार्वजनिक गरिएको छ ।
पुरुषमा हेमराज पनेरु, जनक चन्द, सुरज पुजारा, विकरालसिं रत्गैया, रोहितकुमार बर्मा, झलक विक, वेदबहादुर ओली, विवश चौधरी, विशाल थारु, यमन पुरी, राजन बल, जोगिन्द्र राना, भरत सारु र गणेश विक रहनुभएको छ । वैकल्पिक खेलाडीमा पवन महर्जन, रेवन अधिकारी, मानव बोहरा, कृतिश सिन्तकला, प्रमोद राय दनुवार, धर्मराज कुशवाह, मुकेश गोदार, विकी सुनार, आयुश गुरुङ र अमृतकाजी प्रधान हुनुहुन्छ ।
महिलामा सरस्वती कठायत, मानमती धामी, पूजा ओड, आशा थारु, पुनम थारु, दिपा विक, निशा शाही, कर्मा शाही, सम्झना विक, , खुश्बु राना, कञ्चन चौधरी, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले रहनुभएको छ । प्रेरणा विष्ट, जयन्ती कुँवर, अस्मिता राय, मोहनकुमारी श्रेष्ठ, अमृता ओली, जमुना राय, निशा सैंजु, प्रिन्सिका गोसाईं, निभा कुमारी र कृजला जलेजु वैकल्पिक सूचीमा हुनुहुन्छ ।
मैत्रीपूर्ण प्रतियोगिता असोज २१ र २२ गते हुनेछ । भारतको पनि राष्ट्रिय टिमको सहभागिता रहने कार्यवाहक अध्यक्ष शाहीले जानकारी गराउनुभयो । पुरुष/महिलामा समान चार/चार खेल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच