काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली गरी दुई शाखा कार्यालय उद्घाटन गरेको छ । उक्त शाखा कार्यालय स्थापनासँगै बैंकले नेपालका सातै प्रदेशमा आफ्नो शाखा विस्तार गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअलरूपमा दुवै शाखा कार्यालय उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहका साथै स्ट्याण्डर्ड चार्टर्ड बैंक सञ्चालक समिति सदस्य सिद्धान्तराज पाण्डेयलगायतको उपस्थिति रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले उक्त शाखा स्थापनाका क्रममा राष्ट्र बैंकको मार्गदर्शन र सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ शाखा कार्यालय स्थापनाबाट वीरेन्द्रनगर र धनगढीको आर्थिक विकासका लागि थप अवसर सिर्जना गर्ने विश्वास बैंकको रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच