नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसुति सेवा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसुति गराइएको छ । नगर अस्पतालका डाक्टर राजेश पौडेलसहित सात जनाको टोलीले ताराखोला गाउँपालिका-४ को कुशुम विकको शल्यक्रिया गरि प्रसुति गराइएको हो ।

गत मंगलबार राति सुत्केरी ब्यथा लागेर नगर अस्पताल आउनु भएकी विकको गर्भमा रहेको बच्चाको धडकनमा समस्या (फिटल डिस्ट्रेस) भएको कारण शल्यक्रिया गरि बच्चा निकालिएको गलकोट नगर अस्पतालका प्रमुख डाक्टर राजेश पौडेलले जानकारी दिनुभयो । मंगलबार राति अस्पताल आउनु भएकी विकलाई भर्ना गरेर राखेकोमा विहान बच्चाको धडकनमा समस्या आएपछि स्वास्थ्यकर्मी तत्काल शल्यक्रिया गर्ने नियर्ण गरेको उहाँको भनाइ छ ।

बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरि घर पठाएको उहाँको भनाइ छ । यसभन्दा अगाडि सामान्य प्रसुति सेवा दिने गरे पनि अबदेखि शल्यक्रियासहितको सेवा दिने डाक्टर पौडेल बताउनुहुन्छ । बागलुङमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र धौलागिरी अस्पतालमा मात्रै यस अगाडि शल्यक्रियामार्फत प्रसुति गराउने गरिन्थ्यो । आमा सुरक्षा कार्यक्रम अन्तर परिवार कल्याण महाशाखाले भदौ १६ गते मात्रै नगर अस्पताललाई शल्यक्रियामार्फत प्रसुति गराउने अनुमति दिएको उहाँले जानकारी दिनुभयो ।

शल्यक्रियामार्फत प्रसुति गराउने एमडिजीपी डाक्टर, ओटी नर्स, मडिकल अधिकृत, विभिन्न उपकरण आवश्यक पर्ने गर्छ । नगर अस्पतालमा आवश्यक जनशक्ति र उपकरण भएपछि शल्यक्रिया गर्न थालिएको हो ।

डाक्टर पौडेलले भन्नुभयो - “यसभन्दा अगाडि यस क्षेत्रका गर्भवती महिलालाई शल्यक्रिया गर्नु परेमा बागलुङ पठाउनु पथ्र्यो अब त्यो सेवा लिन बागलुङ जानु पर्दैन, एमडिजीपी डाक्टर भएको ठाउँमा आकस्मिक अवस्थामा शल्यक्रिया गर्नु पर्छ, उहाँ (कुशुम विक) राति १२ बजे आउनु भएको थियो, त्यस बेला अवस्था सामान्य थियो, विहान ४ बजे जाँच हेर्दा बच्चाको मुटुको धड्कनमा समस्या-फिटल डिस्ट्रेस) भएको कारण विहान अप्रेसन गर्‍यौँ सफल पनि भयौँ ।”

डाक्टर पौडेलका अनुसार लामो ब्यथा लागे, बच्चाले पेटमा दिशा खाए, धडकन गडबढ भएमा, आमाको उच्च रक्तचाप र गर्भमा बच्चा उल्टो भएको अवस्थामा आकस्मिक रुपमा शल्यक्रियामार्फत बच्च निकाल्ने गरिन्छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले अब यस क्षेत्रका गर्भवती महिलालाई नगर अस्पतालमै सुरक्षित रुपमा प्रसुति गराउनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्दै जाने बताउनुभयो । पहिलो पटकमै शल्यक्रिया सफल भएको हुँदा अब नागरिकलाई विश्वास दिलाउने र दीर्घकालीन रुपमा निरन्तरता दिनका लागि नगरपालिका लागि पर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?