
कालीकोट । कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्डअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
आज जुम्लाबाट सुर्खेत जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताउनुभयो । ट्रक सडकबाट करिब ५० मिटर तल खोलामा खसेको छ । चालकको घटनास्थलमै मृत्यु भए पनि सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच