जुम्ला । जुम्लाको हिमा गाउँपालिका-२ ओदीगाउँमा भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि सुर्खेतको लेकबेंसी नगरपालिकाले जितेको छ । खाडाचक्र मान्म कालिकोटको टिमलाई सोझो तीन सेटले हराउँदै सुर्खेतको लेकबेंसी नगरपालिकाले उपाधि चुमेको हो । प्रतियोगितामा सुर्खेत, कालिकोट र जुम्लाका गरी २६ टिमले भाग लिएका थिए ।
प्रथम र द्वितीय हुने टिमलाई हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले पुरस्कार प्रदान गर्नुभएको थियो । लामा विष्णु युवा क्लबका अध्यक्ष धिरेन्द्रबहादुर रोकायाले प्रथमलाई दुई लाख रुपैयाँको चेकसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । द्वितीय हुने खाडाचक्र नगरपालिका मान्म कालिकोटको टिमलाई एक लाख रुपैयाँको चेक, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
जुम्लामै पहिलोपटक दुई लाख रुपैयाँ पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना गरिएको हो । लामा विष्णु युवा क्लबले हरेक वर्ष लामा विष्णु मन्दिरको मेला लाग्ने समयमा भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
हिमा गाउँपालिकाको आर्थिक सहयोग, हिमा-२ वडा कार्यालयको सहजीकरण र लामा विष्णु युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले दुर्गम क्षेत्रबाट प्रतिभावान भलिबल खेलाडीहरू उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच