काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा खेलको ९५औं मिनेटमा जोन स्टोन्सले निर्णायक गोल गरेका थिए । यस अघि १–० गोलले पछि परेको सिटीलाई ३३औं मिनेटमा जोसको ग्भार्डिओलले बराबरी गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लागि जोर्गेन स्ट्रान्ड लार्सेनले एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको ८ खेलमा २० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी वोल्भ्सको भने यो यस सिजनमा ८ खेलमा सातौं हार हो । केवल एक अंक रहेको वोल्भ्स अंक तालिकामा पुछारमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच