ह्याम्स आँधिका कारण नर्वेमा जनजीवन प्रभावित

हिमालय टाइम्स
Read Time = 2 mins

नर्वे । नर्वेमा ह्याम्स नामक आँधिपछि आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ ।

राजधानी ओस्लोबाट करिव १५० किलोमिटर उत्तरपूर्वमा रहेको ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा बाढी आएको हो । गत सोमवार आएको आँधीपछि आएको बाढीका कारण नर्वेमा ४ हजार भन्दा बढी संरचना ध्वस्त पारेको छ ।

ग्लोमाको पानीको सतह बढ्दै गएपछि प्रहरीले स्थानीयहरुलाई उद्धार गरेको थियो । आँधी सोमवारदेखि अहिलेसम्म पनि जारी रहेको बताइएको छ । नर्वेजियन नेचर ड्यामेज पुल एण्ड फाइनान्स नोर्गका अनुसार नर्वेमा प्राकृतिक प्रकोपको कारण ९ सय मिलियन नर्वेजियन क्रोनर (लगभग ८८.२ मिलियन अमेरिकी डलर) बराबरको सम्पती नष्ट भएको छ ।

११४ स्थानका सडकखण्डहरू बाढी र पहिरोका कारण सम्बन्ध बिच्छेद बनेका छन् । नर्वेजियन सार्वजनिक सडक प्रशासनले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूममा इनल्याण्डेटलाई राखेको छ । सो क्षेत्रमा राष्ट्रिय आपतकालीन टोली खटाएको छ ।

आँधीका कारण २ हजार बढी नागरिक बिस्थापित भएका छन् । नर्वेका न्यायमन्त्री एमिली एङ्गर मेहलले सरकारले आँधी प्रभावित क्षेत्रका नागरिकलाई उद्धार गर्न थप हेलिकप्टर र अन्य स्रोतहरू परिचालन गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?