प्रहरीद्वारा घरेलु मदिरा नष्ट

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले अवैध रुपमा राखिएका घरेलु मदिरालाई बरामद गरी नष्ट गरेको छ । चाडपर्वको समयमा अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री वितरणका लागि राखिएको घरेलु मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

गोप्य सूचनाका आधारमा रेसुङ्गा नगरपालिकाअन्तर्गतका विभिन्न स्थानबाट मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ तथा तयार पारिएको मदिरा बरामद गरिएको उहाँले बताउनुभयो । तयारी अवस्थामा राखिएको १६२ लिटर घरेलु मदिरा, घरेलु मदिरा बनाउन प्रयोग हुने ६ केजी मोर्चा र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ६५५ लिटर बराम गरिएको थियो ।

बरामद गरिएको घरेलु मदिरालाई रेसुङ्गा नगरपालिका वडा नम्बर-७ स्थित डम्पिङ साइडमा जनप्रतिनिधि, प्रहरी, पत्रकारहरुलगायतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?