
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओल्गा डेविस मरी असाधारण सामाजसेवी रहेको बताउनुभएको छ ।
ललितपुर महानगरपालिका वडा नं। २२ चुनिखेल ओल्गापुरी भिलेजमा आयोजित स्वर्गीय ओल्गा डेविस मरीको शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल युथ फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा मन्त्री राणाले ओल्गाले जीवनमा आफूलाई हजारौँ बालबालिकाहरुको भविष्य निर्माणमा महत्वपूर्ण मुद्दामा निःस्वार्थ रूपमा समर्पित गरेर असाधारण काम गरेको बताउनु भयो । ओल्गा डेविस मरी नेपाल युथ फाउण्डेशनको संस्थापक ओल्गा डेविस मरी हुनुहुन्छ । उहाँले फाउण्डेशनमार्फत विगत ४० वर्षदेखि नेपाली बालबालिकाहरुकालागि आफ्नो जीवन समर्पित गर्दै आउनुभएको थियोे ।
मन्त्री राणाले भन्नुभयो, ‘ओल्गा एक असाधारण समाजसेवी हुन्, जसलाई म यहाँका हरेक बालबालिकामा पाउँछु, उहाँले गर्नुभएको कामले हामी सबैलाई छोएको छ, जब मैले ओल्गाको सालिकलाई अनावरण गरेँ । तब मैले यहाँ उनले सृजना गरेको विरासत र उहाँले भबिष्य निर्माण गरिदिनुभएको हजारौं मानिसहरुको भावनालाई चीरस्मरणीय राख्न महत्वपूर्ण काम भएको महशुस गरेको छु ।’
ओल्गा डेविस मरीले पु¥याउनु भएको योगदान उच्च कदर गर्दै नेपाल सरकारले गोर्खा दक्षिणबाहु विभूषणबाट सम्मान गरेको थियो । सरकारले उनलाई नेपालको लागि आजीवन आवासीय भिसा समेत प्रदान गरेको थियो । ओल्गा मरीको ९८ वर्षको उमेरमा गत फेब्रुअरी २०२४ मा निधन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच