जेरूसेलम । लेबनानी हिजबुल्लाह समूहले इजरायलविरुद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ)ले जनाएको छ । यसअघि इजरायली सेनाले लेबनानको दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयमा गरेको आक्रमणमा तीनजना ‘प्रमुख’ अधिकारीको मृत्यु भएको अलजजिराले जनाएको छ ।
इजरायली सेनाले उक्त आक्रमणमा हेजबुल्लाहका प्रमुख व्यक्तित्व एहाग अब्बास सलामेह, रचा अब्बास इचा र अहमद अली हसिनको मृत्यु भएको जनाएको छ ।
लेबनानको राजधानीमा रहेको भूमिगत हतियार कारखानामा भएको कारबाहीमा उनीहरूको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । यसैबीच इजरायलले हिजबुल्लाहले इजरायली नागरिकमाथि आतंक मच्चाइरहेको र आईडीएफले ३७८ दिनसम्म निरन्तर आक्रमण गरिरहेको जनाएको छ । सिन्हृवा/रासस ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच