नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु गुणस्तर सूचकांक (एक्यूआई) ३४९ मा झरेको छ । चिसोमा मौसम, पुराना गाडीबाट निस्केको धुवाँ र धुलोका कारण राजधानीको वायु प्रदुषणलाई ढाकेका वायुको गुणस्तरमा वर्गीकृत भएको छ । पछि धुवाँले राजधानीलाई ढाकेको छ ।
केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डका अनुसार राजधानीको शकुरपुर र वरपरका क्षेत्रमा प्रदुषणको तह ‘अति खराब’ अर्थात् एक्यूआई ३४६ रेकर्ड गरिएको थियो । इण्डिया गेट नजिकैका वरपरका क्षेत्रहरूमा एक्यूआईको तह ३०९ रेकर्ड गरिएको छ भने सफदरजंगमा ३०७ रेकर्ड गरिएको छ । यो तहले वायुको खराब गुणस्तरलाई चिन्हित गर्छ ।
यसैबीच, भारतका नदीहरूमा प्रदुषणको स्तर बढ्दै जाँदा यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको जनाइएको छ । वातावरणविद् विमलेन्दु के झाले यस घटनालाई दिल्लीको वातावरणमैत्री शासनको पूर्ण उपहासको रूपमा व्याख्या गर्नुभएको छ । उहाँले प्रदुषण दिल्लीबाटै भएको उल्लेख गर्नुभएको छ ।
यसअघि एएनआईसँग कुरा गर्दै इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरको कोटक स्कुल अफ सस्टेनेबिलिटीका डिन प्रोफेसर सच्चिदानन्द त्रिपाठीले ‘यमुना नदीमा विषाक्तताको प्रभाव खतरनाक रहेको बताउनुभएको थियो । उहाँका अनुसार साबुन, डिटर्जेन्ट र अन्य प्रदूषकहरूबाट नदीमा बग्ने फोहोर पानीमा ठूलोमात्रामा मिसिनाले बारम्बार यस्ता घटना हुने गर्छन् । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच